चितवन, ३० साउन । अखिल नेपाल पुटबल संघ एन्फाको विशेष सधारण सभा चितवनको सौराहमा सुरु भएको छ । प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले साधारण सभाको उद्घाटन गरेका थिए ।

एन्फाको विषेश साधारण सभामा विषेश गरी जिल्ला संघको मताधिकारको विषयमा निर्णय हुनेछ । मुलुक संघियतामा गइसकेको अवस्थामा एन्फाले पनि आफ्नो विधान संघिय संरचना अनुशार नै संसोधन गर्ने तयारी गरेको छ । जसका कारण हाल विद्यमान जिल्ला संघहरुको मताधिकार प्रदेशमा मा सिमित हुनेछ जसमा जिल्ला संघहरुले विरोध जनाउन सक्नेछन् ।

संघिय संरचना अनुशार विधान संसोधन भएमा प्रदेश एकबाट १० जना मतदाता सहित ३० जना महाधिवेशन प्रतिनिधि रहनेछन् । यस्तै प्रदेश २ बाट ८ जना मतदाता सहित २४ जना प्रतिनिधि, प्रदेश ३ बाट ११ जना मतदाता सहित ३३ जना प्रतिनिधि, प्रदेश ४ र ५ बाट ६ जना मतदाता सहित १८ जना तथा प्रदेश ६ र ७ बाट २ जना मतदाता सहित ६ जना प्रतिनिधिले केन्द्रिय अधिवेशनमा सहभागिता जनाउन पाउनेछन् ।

मताधिकारको सम्बन्धमा पूर्व उपाध्यक्ष मणि कुँवरले राष्ट्रिय खेलकद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा संसोधन रोक्न माग गर्दै निवेदन दिएका थिए । तर विषेश साधारण सभामा उपस्थित राखेपका सदस्य उपेन्द्र पौडेलले भने कुनै पनि संघको विधान संसोधन गर्न नरोक्ने अभिब्यक्ति दिएपछि राखेपले संसोधन रोक्न भनि पठाएको पत्रको औचित्व सकिएको छ ।

चितवनको सौराहामा जारी साधारण सभाले एन्फाको इतिहासमा पहिलो पटक आर्थिक नियमावली पास गर्दैछ । यस्तै फुटबल संघ कार्यसंचालन विधि पनि पास हुँदैछ । कर्मचारी तथा प्रशासन नियमावली पनि विषेश साधारण सभाले पास गर्नेछ ।
यसैगरी एन्फाको विधानमा वरिष्ठ मानर्थ उपाध्यक्ष सहित केही पदहरु थप्ने तयारी गरिएको छ ।

विशेष साधारण सभाको अघिल्लो दिन गयराति बसेको केन्द्रिय समितिको बैठकले राखेपले विधान संशोधन नगर्न दिएको सुझावलाई ग्रहण गर्दै परिमार्जनसहितको विधान मस्यौदा साधारण सभामा पेश गर्ने निर्णय गरेको थियो ।

साधारण सभामा आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सञ्चालन नियमावली र एन्फाका अन्य अल्प र दीर्घकालियन योजना प्रस्तुत गर्ने तयारी गरेको प्रवक्त किरन राईले जानकारी दिए ।