देश / समाज

रिजालचोकमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

रिजालचोकमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
चितवन,२९ साउन । नेपाली सेनाको बम डिस्पोजल टोलिचितवनको भरतपुर स्थित रिजाल चोकमा भेटिएको शंकास्पद वस्तुलाईले डिस्पोज गरिएको छ । बिहान ९ः ३० बजे भेटिको शंकास्पद बस्तुलाई ११ः २५ मा डिस्पोज गरिएको हो । विप्लव समूहले बन्द आब्हान गरेको दिन देशका विभिन्न क्षेत्रमा बम र शंकास्पद बस्तु भेटिएका छन् । थर्मसको बट्टामा भेटिएको शंकास्पद वस्तु बम नभएर सामान्य विस्फोटक वस्तुमात्र भएको सेनाले जनाएको छ ।

विप्लवको नेपाल बन्द चितवनसहित देशैभर प्रभाव, गैडाकोटमा दुईवटा ट्रकमा आगजनी

चितवन, २९ साउन । नेत्रविक्रम चन्द विप्लवका प्रवक्ता प्रकाण्ड लगायतका नेता पक्राउ गरेको विरोधमा आज विप्लव समूहले नेपाल बन्द आह्वान गरेको छ । त्यसको प्रभाव चितवनसहित मुलुकका विभिन्न ठाउंमा परेको छ । कतै विहानै आगजनी भएको छ भने कतै बम भेटिएको हल्लाले सर्वसाधारण त्रसित बनेका छन् । बन्दकर्ताले नवलपरासीको गैडाकोटमा आगजनी गरेका छन् । उनीहरुले दुईवटा ट्रकमा आगजनी गरेका हुन् । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरक...

उपचार गरे निको हुन्छ मानसिक रोग

उपचार गरे निको हुन्छ मानसिक रोग
इच्छाकामना, २९ साउन । कुरिनटारमा मानसिक स्वास्थ्यको निरन्तरतामा स्वास्थ्य व्यवस्थापन भूमिका विषयक अन्र्तकृया कार्यक्रम गरिएको छ। टिपिओ नेपाल चितवन र दारेचोक स्वास्थ्यचौकी कुरिनटारको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । टिपिओ नेपालको प्राइम कार्यक्रम अन्तरगत कार्यक्र गरिएको हो । ईच्छाकामना गाउँपालिकामा रहेका ५ ओटा स्वास्थ्य संस्थामा ३ सय जना मानसिक रोगका विरामीहरुले उपचार सेवा लिई रहेको दारेचोक स्वास्थ्यचौकीका इन्चार्ज हरि देवकोटाले जाकारी दिनुभयो । देवकोटा अनुसार ईच्छाकामनाम...

ठुलो परिमाणको लागूऔषध सहित पाँच पक्राउ

चितवन , २६ साउन । चितवन प्रहरीले ठुलो परिमाणको लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ न्यूरोडबाट पक्राउ परेका उनीहरु विरुद्ध आज मुद्धा दर्तागरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा नवलपरासी जिल्ला गैडाकोट नग।पालिका १ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ, भरतपुर महानगरपालिका ७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपाल...

अध्यक्ष प्रचण्डले भने -जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउन नै संघीयता

अध्यक्ष  प्रचण्डले भने -जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउन नै संघीयता
चितवन, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताउनु भएको छ । शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो ।’ उहाँले कर र मूल्यबृद्धि सम्बन्धी जनताको चिन्ता आफूहरुले पनि महशुस गरेको र त्यसलाई सम्बो...

विदेशी घुम्छन्, नेपाली खान्छन् : नेपालीको खर्च २५ अर्ब

काठमाडौं,२६ साउन । काठमाडौं – नेपालमा बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढ्दै गएको र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको समाचार आजको नयाँ पत्रिकामा छ । समाचारमा लेखिएको छ, नेपाली पर्यटकले खानपिनमा बढी खर्च गर्ने गरेको देखिएको छ । सेवाप्रदायक होटेल व्यवसायीका अनुसार विदेशी पर्यटक घुमफिर गर्ने, सूचना लिने गतिविधिमा बढी खर्चिन्छन् भने नेपालीहरू खानपिनमा खर्चिन्छन् । त्यसरी हेर्दा ५० लाख नेपाली घुम्न निस्कँदा औसतमा एकजनाले पाँच हजार रुपैयाँ खर्चिंदा पनि वर्षमा कर...

धर्म परिवर्तन गराउने विदेशीलाई पाँच वर्ष जेल

काठमाडौं,२६ साउन । नेपालमा कुनै विदेशी नागरिक धर्म परिवर्तन गराउने कार्यमा संलग्न भए पाँच वर्ष जेल सजाय गर्ने र त्यसको सात दिनभित्र देश निकाला गरिने कानुनमा व्यवस्था छ। पछिल्लो समय विदेशीहरूले विभिन्न वहानामा धर्म परिवर्तन गराइरहेका गुनासाहरू आइरहेका छन्। मुलुकी अपराध संहिताले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । संहिताको दफा १५८ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै जात जाति वा सम्प्रदा...

मुद्दा मिलाउन सुशीलालाई लोकमानको १० करोडको ‘अफर’

मुद्दा मिलाउन सुशीलालाई लोकमानको १० करोडको ‘अफर’
काठमाडौं, २६ साउन । अख्तिायार दुरुपयोग अनुसन्धान आयेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूहरुविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक विमान विद्रोह मार्फत् लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो । ‘टोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खुड्केलोमा राखेर गोडा धुने रे १ अर्कोले मलाई छेउमै बोलाएर भन्...

मुख्यमन्त्री छक्याउँदै प्रमुख सचिव साटफेर

मुख्यमन्त्री छक्याउँदै प्रमुख सचिव साटफेर
काठमाडौं, २५ साउन । प्रदेश १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला। तीन महिना नपुग्दै गत वैशाखमा केन्द्र सरकारले कोइरालालाई सरुवा गर्‍यो । त्यसपछि उनको ठाउँमा सुरेश प्रधानलाई पठाइयो । प्रधान तीन महिना नपुग्दै गत साता सरुवा भए । मन्त्रिपरिषद्ले बुधबार केदार न्यौपानेलाई त्यहाँ पठाएको छ । उनी पनि कायममुकायम मात्रै हुन् । प्रदेश सरकार बनेको ६ महिनामै तीन प्रमुख सचिव फेरिनु आफैँमा अनौठो त थियो नै मुख्यमन्त्रीलाई समेत जानकारी दिइएन । निर्णय भएपछि ...

यी हुन् भदौ १ मा लागू हुने ६ कानुन

यी  हुन्  भदौ १ मा लागू हुने ६ कानुन
काठमाडौं, २६ साउन । आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन् । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । यी हुने भदौ १ मा लागू हुने ६ कानुन १. मुलुकी देवानी (संहिता) ऐन २. मुुलुकी देवानी कार्यविधि (संहिता) ऐन, ३. मुलुकी अपराध संहिता ऐन, ४. मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, ५. फौजदारी कसुर (सजाय निर्ध...