प्रथम इच्छाकामना महोत्सवमा भोली जनगायक जीवन शर्माको विशेष प्रश्तुती रहने
कुरिनटार, २८ भदौ । प्रथम इच्छाकामना महोत्सवमा भोली जनगायक जीवन शर्माको प्रश्तुती रहने भएको छ । २६ गते देखि सुरु भएको प्रथम इच्छाकामना महोत्सवमा भोली चौथो विभिन्न कार्यक्रक्रम सहित गायक जिवन शर्माको विशेष प्रश्तुती रहने महोत्सवका सह– संयोजक तथा इच्छाकामना एफएमका अध्यक्ष प्रताप गुरुङले जानकारी दिनुभयो ।
असोज ६ गते सम्म चल्ने प्रथम इच्छाकामना महोत्सवमा १५० स्टलहरु रहेका छन् । कृषि पर्यटन, विभिन्न जातजातीको पहिचान झल्किने स्टल विभिन्न खेल र बाल उद्यान महोत्सवका मुख्य आकर्षक रहेक...