इच्छाकामना, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी इच्छाकामना गाउँपालिकाले पार्टीका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलको प्रमुख अतिथ्य तथा प्रदेश सभा सदस्य घनश्याम दाहाल अविनास विशिष्ट आतिथ्यमा इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार स्थित सिद्धार्थ होटलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाको समग्र विकास बारे छलफल भएको थियो । सात ओटै वडाका कार्यकर्ताहरुको सहभागी रहेको भेलामा नेकपाबाट निर्वाचित जनप्रतिनितधिहरुको कामकारवाही प्रति असन्तुष्टि जनाएका थिए ।
साथै उनिहरुले गाउँपालिकाले अस्वभाविक रुपमा बढाएको कर प्रति नेतृत्वले शसक्त विरोधका कार्यक्रम ल्याउनु पर्ने सुझाव दिएका थिए ।
भेलाले इच्छाकामना गाउँपालिकामा हुन गईरहेको प्रथम ऐतिहासिक इच्छाकामना महोत्सवका लागि पार्टीले पूर्ण सहयोग र समर्थन गर्ने निर्णय गरिएको नेकपाका संयोजक प्रताप गुरुङ मौसमले जानकारी दिनुभयो ।
जिल्ला सदस्य नारायण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका यूवाहरुलाई विकासका काममा कसरी जोड्ने लगायतका विषयमा छलफल भएको थियो
कार्यक्रममा प्रदेश सदस्य प्रकास अधिकारी, गाउँपालिका संयोजकद्धय प्रताप गुरुङ मौसम, दान बहादुर गुरुङ लगायतको सहभागीता रहेको थियो । ।