कुरिनटार, २८ भदौ । प्रथम इच्छाकामना महोत्सवमा भोली जनगायक जीवन शर्माको प्रश्तुती रहने भएको छ । २६ गते देखि सुरु भएको प्रथम इच्छाकामना महोत्सवमा भोली चौथो विभिन्न कार्यक्रक्रम सहित गायक जिवन शर्माको विशेष प्रश्तुती रहने महोत्सवका सह– संयोजक तथा इच्छाकामना एफएमका अध्यक्ष प्रताप गुरुङले जानकारी दिनुभयो ।
असोज ६ गते सम्म चल्ने प्रथम इच्छाकामना महोत्सवमा १५० स्टलहरु रहेका छन् । कृषि पर्यटन, विभिन्न जातजातीको पहिचान झल्किने स्टल विभिन्न खेल र बाल उद्यान महोत्सवका मुख्य आकर्षक रहेका छन् ।महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उपजहरुको प्रदर्शनी तथा प्रतियोगिता, तिज गित प्रतियोगिता, डान्स प्रतियोगिता, विद्यालय स्तरीय गायन प्रतियोगिता, कविता प्रतियोगिता, ईकोसान प्रविधीको प्रदर्शनी, त्रिशुलीमा कायाकिङ्ग, ¥याफ्टिङ्ग, जलबिरे लामो झरनामा क्यानोनिङ्ग, इच्छाकामना मन्दिर दर्शन, उपप्रदाङ्ग गढि, बालगौरी मन्दिर, सिराईचुली तथा इच्छाकामनाका विभिन्न पर्यटकिय स्थलको हेलिकप्टरमा अवलोकन लगाएतका आकर्षणहरु रहेका छन् ।
उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएमको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।