देश / समाज

मनकामना केबलकार सेवा बन्द हुने

चितवन, ८ असोज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।  नियमित मर्मत सम्भारका लागि असोज १० र ११ गते दुई दिन केबलकार सेवा बन्द गरिने भएको मनकामना दर्शन प्रालिले जनाएको छ । नियमित मर्मत सम्भारपछि असोज १२ गतेदेखि पुन :  नियमित संचालनमा आउने मनकाममना दर्शन प्रा.लि.ले जनाएको छ । केबलकार बन्द अवधिभर पनि कुरिनटार स्थित बटम स्टेशनमा रहेको दी मनकामना क्याफे भने नियमित संचालनमा रहने जनाएको छ ।

धराप बन्दै नारायणगढ–मुग्लिन सडक, ठाउँमा ठाउँमा भासियो

धराप बन्दै नारायणगढ–मुग्लिन सडक, ठाउँमा ठाउँमा भासियो
चितवन,८ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ। ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन्।नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर लामो सडक भासिएको हो। सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो। करीब २० सेन्टिरमिटर भासिएको छ। सडक विस्तार गर्दा छेउपट्टीबाट पर्खाल लगाइएको थियो। फेदबाट त्रिशूलीको बहाबले धक्का दिइरहेकाले भासिनुका कारण थाहा हुन सके...

इच्छाकामना महोत्सव भव्यताका साथ सम्पन्न, महोत्सवले इच्छाकामनाको गौरव बढायो आयोजक

इच्छाकामना महोत्सव भव्यताका साथ सम्पन्न, महोत्सवले इच्छाकामनाको गौरव बढायो आयोजक
कुुरिनटार, ६ असोज । प्रथम इच्छाकामना महोत्सव २०७५ सम्पन्न भएको छ । भदौ २६ गते देखि सुरु भएको महोत्सवको आज प्रदेश सदस्य मिलन बाबु श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले चितवनको एक मात्र गाउँपालिका एतिहासिक रहेकाले यसलाई नमुना गाउँपालिका बनाउन सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।महोत्सवमा कृषि उपजका कार्यक्रमहरु ल्याएर आयोजकले महत्वपूर्ण काम गरेको भन्दै कृषीलाई प्रर्दन गर्ने यस्ता खालका कार्यक्रमहरुलई निरन्तरता दिनु पर्नेमा जोड...

प्रथम इच्छाकामना महोत्सबमा आज रामजी खाँडको प्रस्तुति रहने

प्रथम इच्छाकामना महोत्सबमा आज रामजी खाँडको प्रस्तुति रहने
कुरिनटार, ४ असोज । प्रथम इच्छाकामना महोत्सबको दशौँ दिन आज चर्चित लोक दोहोरी गायक रामजी खाँडको प्रस्तुति रहने भएको छ । सर्वशान्ति माविको खेल मैदान इच्छाकामना ४ कुरिनटारमा भदौँ २६ गते देखि सुुरु भएको महोत्सवमा यस अघि पशुपती शर्मा, जीवन शर्मा प्रीति आले राजन गुरुङ, पृथ्वी गुरुङ, गणेश गुरुङ, चन्द्रा गुरुङ प्रजापती पराजुली ज्योति लोहोनी माया गुरुङ लगायतका कलाकारहरुले प्रस्तुति दिई सकेका छन । आज रामजी खाँड लगायत विभिन्न विद्याका कलाकारहरुको प्रश्तसती रहने आयोजकले जनाएको छ । यसैब...

इच्छाकामना महोत्सवमा दर्शकको भिड, पशुपती शर्मालाई वान्स मोर ( फोटो फिचर )

इच्छाकामना महोत्सवमा दर्शकको भिड, पशुपती शर्मालाई वान्स मोर ( फोटो फिचर )
हिरालाल गुरुङ कुरिनटार, ३ असोज । प्रथम इच्छाकामना महोत्सब २०७५ को नवौँ दिन साँझ ५ बज्नै लाग्दा चर्चित लोकदोहोरी गायक पशुपती शर्माको प्रश्तुती सुरु भयो । पशुपती शर्माले सुरुवातमा मलाई अमेरीका यही बोलको गीत गाए । दर्शकहरुको सबै जसो ध्यान मञ्च तिर खिचियो । दर्शकहरु नाच्न थाले । त्यसपछि शर्माले बत्ती बाल्न पर्दैन गीत गाए । दर्शक दिर्घबाट वान्स मोर आयो तर समय अभावका कारण उनले गीत दो¥याउन सम्भव भएन । उनले चार ओटा गीत गाए । त्यसै गरि पशुपती शर्मा , ज्योति लोहोनी र प्रजापती ...

रिभरसाइड रिर्सोट कुरिनटारमा नेपाल ट्रेड यूनियन श्रमिक संघ इकाई गठन

रिभरसाइड रिर्सोट कुरिनटारमा नेपाल ट्रेड यूनियन श्रमिक संघ इकाई गठन
कुरिनटार, ३ असोज । कुरिनटारमा पहिलो पटक नेपाली कांग्रेस सम्बद्ध नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ रिभरसाईड स्प्रिङ रिर्सोट इकाई गठन गरिएको छ । आज रिभरसाईड रिर्सोट कुरिनटारमा कार्यरत कांग्रेस सम्बद्ध मजदुरहरुको भेलाले राम कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको हो । भेलाले उपाध्यक्षमा श्रीकृष्ण धिताल, मिना पुन मगर, सचिवमा मोहन थापा, सह–सचिवमा सरोज फुपाल, कोषाध्यक्षमा लिला बहादुर गुरुङ सह–कोषाध्यक्षमा भरीमाय गुरुङलाई चयन गरिएको छ । यसैबीच अन्य ...

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब एक लिटर पेट्रोलको रु ११४ पर्ने

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब एक लिटर पेट्रोलको रु ११४ पर्ने
काठमाडौं,२असोज  । नेपाल आयल निगमले   पेट्रोलियम पदार्थको भाउ बढाएको छ  । सोमबार रातीदेखि लागू हुनेगरी निगमले  पेट्रोलमा प्रतिलिटर  रु  २ र डिजेल तथा मट्टीतेलमा रु ३–३ का दरले मूल्यवृद्धि गरेको हो । मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने  डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ । यसअघि गत भदौ २० मा निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि ...

इच्छाकामना महोत्सवमा भोली प्रीती आले र चोलेन्द्र पौडेलको प्रस्तुति रहने

इच्छाकामना महोत्सवमा भोली प्रीती आले र चोलेन्द्र पौडेलको प्रस्तुति रहने
कुरिनटार, १ असोज । प्रथम इच्छाकामना महोत्सवको आठौँ दिन भोली (मंगलबार) चर्चित लोक दोहोरी गायिक प्रीती आले र चोलेन्द्र पौडेलको प्रस्तुति रहने भएको छ । प्रीती आले र चोलेन्द्र पौडेल संगै अन्य विभिन्न विद्याका कलाकाहरुको प्रश्तुती रहने आयोजकले जनाएको छ । असोज ६ गते सम्म चल्ने प्रथम इच्छाकामना महोत्सवमा कृषि पर्यटन, विभिन्न जातजातीको पहिचान झल्किने स्टल विभिन्न खेल र बाल उद्यान महोत्सवका मुख्य आकर्षक रहेका छन् ।महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्र...

मोटरसाईकल दुर्घटनामा मृत्यु भएका नेकपा धादिङका नेताका छोराको आज अन्त्यष्टि

मोटरसाईकल दुर्घटनामा मृत्यु भएका नेकपा धादिङका नेताका छोराको आज अन्त्यष्टि
२९ भाद्र धादिङ ,मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका नेकपा धादिङका नेताका छोराको आज अन्त्यष्टी गरिएको छ । गत भाद्र २४ गते पृथ्वी राजमार्ग अन्र्तगत धादिङको मलेखु नजिकै सितलबजारमा मोटरसाईकल दुर्घटना पस्चात गम्भिर घाईते भएका, नेकपा धादिङका सदस्य तथा साना किसान कृषी सहकारी सलाङका अध्यक्ष समेत रहेका शिद्वलेक गाउँपालिका वडा नं.३ निबासि डिल्ली प्रसाद पाठकका छोरा सुनिल पाठकको हिन्दु परम्परा अनुसार आज अन्त्ष्टी गरिएको हो । मोटरसाईकल दुर्घटनामा परी नेकपा धादिङका नेता पाठकको जेष्ठ छोर...

लौरी टेकेर आएका बृद्धबृद्धालाई पनि नचाए जीवन शर्माले (फोटोफिचर)

लौरी टेकेर आएका बृद्धबृद्धालाई पनि नचाए जीवन शर्माले (फोटोफिचर)
हिरालाल गुरुङ कुरिनटार २९ भदौ । सिमली छाँयामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन ठूला दुखले घेरेको।  जिवनका सुख दुखका गीत गाउने जीवन शर्मा सबैको मनमा बस्न सफल गायक हुन् । जीवन शर्मा भन्न वितिकै के बृद्धबृद्धा के यूवा सबै उमेर समूहका दर्शकहरुको भिड लाग्ने गर्छन् ।त्यस्तै भयो कुरिनटारमा पनि । जीवन शर्माले दुई जना बृद्ध बाआमाहरुलाई स्टेजमा बोलाए । जव जीवन शर्माले सिमली छाँयामा गीत गाउन थाले अन्य लौरी टेकेर आएका बृद्धबृद्धा बाआमा समेत मञ्चमै आएर नाच्न थाले । बृद्...