हिरालाल गुरुङ
कुरिनटार २६ भदौ । प्रथम इच्छाकामना महोत्स आज देखि सुरु भएको छ । “कृषि पर्यटन र व्यापार, ईच्छाकामनाको मुल आधार” भन्ने मुल नारा सहित उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएम कुरिनटारको संयुक्त आयोजनामा चितवनको एक मात्र गाउँपालिका स्थित सर्वशान्ति मा.वि.को खेल मैदान कुरिनटारमा आज देखि सुरु भएको महोत्सवको चितवन क्षेत्र २ अन्तरगत (क) का माननीय प्रदेश सभा सदस्य घनश्याम दाहाल ‘अविनास’ले महोत्सवको समुद्घाटन गर्नुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका प्रदेश सदस्य अविनासले चितवनको सम्रग विकासका लागि इच्छाकामना गाउँपालिकाको मुहार फेर्न आवस्यक रहेको बताउनुभयो । इच्छाकामना कृषि र पर्यटनको विकासको सम्भावना रहेकाले यस क्षेत्रको कृषि र पर्यटनका लागि आवस्यक पर्ने योजनाहरु प्रदेश सरकार सामु लैजाने बताउनुभयो ।
इच्छाकामनाको फिस्लिङ देखि कालिका नगरपालिकाको शक्तिखोर सम्मको सडक कालोपत्रे हुने प्रकृया अघि बढीसकेकाले इच्छाकामना गाउँपालिकाको विकासका लागि त्यसले गती दिने आधार निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।यसैबीच विशिष्ट अतिथि तथा नेपाल कम्यूनिष्ट पार्टीका वरिष्ट केन्द्रिय सदस्य नारायण दाहालले इच्छाकामनाको विकासको मुल आधार नै कृषि र पर्यटन भएको बताउनुभयो । नेता दाहालले सिराईचुलीमा भ्यू टावर निर्माण गर्न आवस्यक रहेको बताउनुभयो । साथै इच्छाकामना मन्दिर, उपर्दाङगढी, लामो झरना लगायत पर्यटक स्थलहरुलाई प्रवर्दन गर्नु पर्नेमा ,जोड दिनुभयो । नेकपाका अध्यक्ष प्रचण्ड प्रतिकुल मौसमका कारण उपस्थित हुन नसकेको जानकारी दिदैँ नेता दाहालले इच्छाकामना आउने बाचा गरेको र महोत्सवको शुभकामना सन्देश पठाएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपाका अर्का केन्द्रिय सदस्य देवी ज्ञवालीले सिरमा सिराईचुली, तीरमा त्रिशुली र काठमा उपर्दाङगढी अनी पवित्र धार्मिक स्थल रहेको इच्छाकामना प्राकृतिक सौन्दर्यले भरीपूर्ण रहेको गाउँपालिका रहेको बताउनुभयो ।बेमौसी तरकारी फलाएर चितवन जिल्लाभरका वासीलाई खुवाउने इच्छाकामना विकास विना समग्र चितवनको विकास सम्भव नरहेको नेता ज्ञवालीको भनाईछ ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामनाको विकासका लागि सम्पूर्ण जनप्रतिनिधिहरु एक जुट भएर लागी परेको बताउनुभयो ।अध्यक्ष गुरुङले भन्नुभयो” इच्छाकामना गाउँपालिकाको मुहार फेर्न सपना बोकेर हामी आएका छौँ, जनताले हामीलाई जुन आशा र भरोसाका साथ हामीलाई जिताएर पठाएको छ हामी यहाँको जनताको सपना पुरा गरि छाड्छौँ, त्यसैले हामी जनप्रतिनिधि एक जुट भएका छौँ‘ ।साथै अध्यक्ष गुरुङले प्रदेश र केन्द्रिय सरकारले स्थानिय सरकारको कामकारवाहीमा हस्तक्षेप गरेका कारण स्थानिय सरकारले सोचे जस्तो काम गर्न नसकेको गुनासो गर्नुभयो । स्थानिय सरकारले आफ्नो अधिकार प्रयोग गरि काम गर्दा विभिन्न निकायबाट फोन आउने समेत गरेको गुनासो गर्नुभयो ।चितवनको समग्र विकासका लागि इच्छाकामनाको विकास आवस्यक रहको प्रदेश सदस्य लगायत अन्य अतिथिहरुको ध्यानाकर्षण गराउनुभयो ।प्रतिकुल मौसमका कारण पनि महोत्सव अवलोकन गर्ने दर्शकहरुको उल्लेख सहभागिता रहेकोमा खुसी व्यक्त गर्नुभयो ।
इच्छाकामनाको विकासका लागि कृषि पर्यटन नै मुल आधार भएकाले यसको प्रवर्दनका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष गुरुङको भनाई छ ।
गाउँपालिकाका उपाध्यक्ष तथा इच्छाकामना महोत्सव आयोजक समितिका संयोजक कृतिकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न समुद्घाटन कार्यक्रममा सह–संयोजक तथा इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले मन्तव्य राख्नसभएको थियो । महोत्सवका सह–संयोजक तथा इच्छाकामना एफएफका अध्यक्ष प्रताप गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
महोत्सवमा १५० स्टलहरु रहेका छन् । कृषि पर्यटन, विभिन्न जातजातीको पहिचान झल्किने स्टल विभिन्न खेल र बाल उद्यान महोत्सवका मुख्य आकर्षक रहेका छन् ।महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उपजहरुको प्रदर्शनी तथा प्रतियोगिता, तिज गित प्रतियोगिता, डान्स प्रतियोगिता, विद्यालय स्तरीय गायन प्रतियोगिता, कविता प्रतियोगिता, ईकोसान प्रविधीको प्रदर्शनी, त्रिशुलीमा कायाकिङ्ग, ¥याफ्टिङ्ग, जलबिरे लामो झरनामा क्यानोनिङ्ग, इच्छाकामना मन्दिर दर्शन, उपप्रदाङ्ग गढि, बालगौरी मन्दिर, सिराईचुली तथा इच्छाकामनाका विभिन्न पर्यटकिय स्थलको हेलिकप्टरमा अवलोकन लगाएतका आकर्षणहरु रहेका छन् ।
महोत्सव असोज ६ गते सम्म संचालन हुने छ ।