तनहुँ ,४ कार्तिक । आँबुखैरनीमा बस दुर्घटना ३२ जना घाईते भएका छन् । पृथ्वीराजमार्गको कोत्रे मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनी गाउँपालिका वडा नं २ नारीघाटमा आइतबार दिउँसो बेशिशहरबाट नारायणगढ तर्फ जाँदै गरेको ना ४ ख ७८४१ नम्बरको उक्त बस दुर्घटना हुँदा ३२ जना यात्रुहरु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले दिएको जानकारी अनुसार दुर्घटना ग्रस्त बस सडक देखि करिब १५ मिटर तल खसेको छ । डिएसपी अर्यालका अनुसार घाइतेहरुको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचार गरिएको थियो ।

प्रहरीका अनुासर तीब्र गतिका कारण बस दुर्घटना भएकोहो ।