हिरालाल गुरुङ
इच्छाकामना, ९ मंसिर । पाखो बारीमा उब्जाएको कोदो मकैले मुस्किलले ६ महिना मात्र खान पुग्छ । बाँकी समय अरुकै ज्याला मजदुरी गरेर खान बाध्य छन् चितवनको इच्छाकामना गाउँपालिका वडा न २ तोरडाँडाका चेपाङहरु ।
२०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले यहाँका घरहरु ,पनि भत्किए । आर्थिक अवस्था कमजोर उनिहरुलाई घर निर्माणका लागि ठूलैचुनौती बनेर आयो ।
सरकारले दिने ३ लाख पनि किस्ता किस्तामा आउँछन् । तीन लाखले घर बन्न सम्भव नभएको उनिहरु बताउँ छन् । त्यसैले उनिहरु आलो पालो अर्थात पर्म गरि घर निर्माणमा जुटेका छन् ।
सरकारले दिने रकमले घर बन्न सम्भव नभएपछि आलो पालो गरेर घर निर्माणमा जुटेको भूकम्पपीडित राम बहादुर चेपाङ बताउँछन् । “घर निर्माणका लागि सामाग्रीहरु ऋण गरेर किन्न परेको छ बाँकी पैसा आएपछि तिर्न ठिक्क हुन्छ खान लाउनै धाउधाउ छ कहाँ बाट ल्याउने कामदारलाई दिने पैसा त्यसैले हामी आलोपालो पर्म गरि घर निर्माणमा जुटेका हौँ, केही घर बनीसकेको छ अब मेरो घर पनि अन्तिम चरणमा पुगेको छ उनले भने ।”
टेक बहादुर चेपाङको घर पनि निर्माण सम्पन्न भइसकेको छ । आलोपालो अर्थात पर्मबाट नै घर निर्माण गरिएको उनले बताए ।