इच्छाकामना, १५ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अयिभान अन्तरगत आज छैटौँ दिन उद्यमशिल महिला जागरण केन्द्र इच्छाकामनाले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका छन् । आज बनभोज तथा लैँगिक हिंसाविरुद्ध अन्तर्कृया कार्यकम गरिएको केन्द्रका सचिव सम्झना कुमारी खड्का सिलवालले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा केन्द्रका प्रमुख सल्लाहाकार प्रताप गुरुङ मौसम,   नारायण प्रसाद अधिकारी, प्रकास अधिकारी जुना राजभण्डारी वडा न. ३ का वडा अध्यक्ष गोवद्र्धन अधिकारी,मस्र्याङ्दी बहुउदेश्यीय सहकारी सस्था लि मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा केन्द्रका प्रमुख सल्लाहाकार प्रताप गुरुङ मौसम, नेकपाका नेता नारायण प्रसाद अधिकारी,जुना राजभण्डारी लगायतले मन्तव्य राखेका थिए ।
केन्द्रका अध्यक्ष अप्सरा पौडेलको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार सावित्रा सिलवालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सचिव सम्झना खड्का सिलवालले संचालन गर्नुभएको थियो ।

क्यान्सर पीडितलाई ३३ हजार १ सय रुपैयाँ आर्थिक सहयोग

कार्यक्रममा इच्छाकामना ३ चैबुङकी पाठेघर क्यान्सर पीडित माया कुमारी श्रेष्ठलाई उपचारार्थ २८ हजार १ सय उद्यमशिल महिला जागरण केन्द्र इच्छाकामनाले सहयोग समेत गरेका छन् । साथै हिमाल महिला समूह कुरिनटारबाट पनि रु ५ हजार पीडित श्रेष्ठलाई हजार सहयोग गरिएको थियो । समूहका अध्यक्ष मिठुकुमारी सिलवालले समूहको तर्फबाट रकम हस्तान्तरण गर्नुभएको हो ।