सञ्जय पोखरेल
ज्यामिरेघाट,३० कात्तिक । तरकारीले बजार भाउ नपाएपछि किसानहरु आन्दोलित भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँ पालिका वडा ९ र गोर्खाको गण्डकी गाउँपालिका वडा नम्बर ७ का किसान आन्दोलित भएका हुन् । जनकल्याण कृषि सहकारी ज्यामिरेघाट मार्फत तरकारी बेच्दै आएका स्थानिय किसानहरु बजार उपभोक्ता मुल्य भन्दा निकै कम मुल्यमा तरकारी बेच्न बाध्य भएपछी आन्दोलित भएको किसान केशव दुवाडीले बताउनुभयो । बजारमा काउलीको उपभोक्ता मुल्य ३०÷४० चलिरहदाँ हिजो किसान मार्फत ब्यापारीले मात्र ३ रुपैयामा काउली खरिद गरेको थियो भने गोलभेडाले ८÷१० रुपैयाँ सम्म मुल्य पाएको सुदम कडेलले बताउनुभयो ।
किसानले आन्दोलन स्वरुप एक दिन कसैले पनि तयारी नकाटेको र आज सबै काउली जनकल्याण कृषि सहकारीले १० रुपैया न्युनतम मुल्यमा खरिद गर्ने र ब्यापारिले सोही अनुसार खरिद नगरे भोलि पत्रकार सम्मेलन गरि तरकारी सडक मा राखेर वा नदिमा फालेर प्रदर्शन गर्ने कार्यक्रम रहेको किसान केशव दुवाडीले बताउनु भयो ।
दुवाडीका अनसार व्यापरीहरुले प्रति केजी रु ३ रुपैयाँ भन्दा माथीमा तरकारी उठाउन मान्दैनन् तर १० रुपैयाँमा बेच्दा पनि किसानको उत्पादन खर्च उठ्दैन । ब्यापारीले काउली खरिद नगरेे पछि धनैै १० टन काउली कुहिन लागेेेेको वडा अध्यक्ष तुलसि रेग्मिले बताउनु भयो । यहाँका किसान बेमौसमी काउलिले समेत भाउ नपाएपछी निरास भएका छन।