हिरालाल गुरुङ

इच्छाकामना( चितवन) ७ मंसिर । यस बर्ष पनि इच्छाकामना पञ्चमी मेलामा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने यस पञ्चमी मेलाको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ ।
हाम्रो परम्परा हाम्रो संस्कृतिक, जोगाई राखौँ धर्म संस्कृतिक भन्ने मूल नाराका यस बर्ष पनि मंसिर १० गते बृहत् सांस्कृतिक कार्यक्रम हुन गईरहेको यस पञ्चमी मेलाको तयारी तीब्र पारीएको श्री इच्छाकमना सिद्धबाबा संरक्षण समितिका सदस्य यान बहादुर गुरुङले बताए ।
इच्छाकामना ५ चितवन मन्दिरको प्रांगणमा कार्यक्रम १० गते साँझ र ११ गते दिनभर लाग्ने छ । मेलामा स्थानिय संस्कृति झल्किने विभिन्न झाँकी तथा साँस्कृतिक बेजोड प्रश्तुतीहरु हुनेछन ।
सांस्कृतिक कार्यक्रमको प्रमुख आयोजक मुनलाईट यूवा क्लब रहेको छ । सांस्कृतिक कर्यक्रममा राष्ट्रिय तथा स्थानिय गायक गायिकाहरुको प्रश्तुती रहने तविन गुरुङले बताए ।
परापूर्वकाल देखिनै मेला लाग्दै आएको यस ऐतिहासिक प्रसिद्ध धामिर्क स्थल इच्छाकामना मन्दिरमा देशका विभिन्न ठाउँबाट बाजागाजा सहित पञ्चवली,फुलको डोली र बली चढाउने गर्छन ।
मेलामा हुने झैगडा रोक्नका लागि सुरक्षा व्यवस्था पनि कडा पारीने आयोगजकले जनाएको छ ।
सांस्कृतिक कार्यक्रमको सह–आयोजकहरुमा अन्नपूर्ण यूवा क्लब चौतारा, राईजिङ स्टार यूवा क्लब चौतारा, सिएमसी यूवा क्लब,सिस्नेरी तमू समाज सिस्नेरी,तमू संस्कृति यूवा क्ल्ब समाज रुप्लाङ र साविकको चण्डिभञ्ज्याङ यूवासञ्जाल,रहेका छन् ।

इच्छाकामना मन्दिरको संक्षिप्त जानकारी

इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्दछ । इच्छाकामना मन्दिर इच्छाकामना ३ फिस्लिङबाट दुई घण्टामै सजिलै यातायातबाट पुग्न सकिन्छ । मनकामना माईको सात दिदी बहिनी थिए । इच्छाकामना माई सात दिदी बहिनी मध्ये एक हुन् ।
इच्छाकामना माई १९६५ साल अर्थात आजभन्दा १०९ बर्ष अगाडी स्थानीय मनिराज दर्लामी गोठाला जाँदा माईको दर्शन पाएका थिए । त्यसपछि गाउँलेहरुले ढुंगाको मन्दिर निर्माण गरी पुजा–आजाको सुरुवात गरेका हुन् । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ती पनि स्थापना भएको छ । मोटरबाटो खुलेपछि आजभोली मनकामना पुग्ने केहि तिर्थाटनका पर्यटकहरु इच्छाकामना पुग्ने क्रम बढेको छ । इच्छाकामना गाउँपालिका वाडनं ५ चितवन जिल्लामा पर्दछ । अहिले चितवन जिल्लाको साविकका दारेचोक, चण्डीभञ्ज्याङ, काउले र दाहाखानी गाउँ विकास समिति सबै मिलेर इच्छाकामना गाउँपालिका भएको छ ।

इच्छाकामना र मनकामना मन्दिर दुई विपरित अर्थात आमुन्ने सामुन्ने डाँडामा छन् । तिर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पुरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो ।
यहाँका स्थानियहरु भने यातायात र प्रचारको अभाव दर्शनार्थीहरुको आवागमनमा बृद्धि हुन नसकेको बताउछन् ।अहिले मोटरबाट पुगेकाले मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरु पनि फाट्टफुट्ट ईच्छाकामना मन्दिर जाने गरेका छन् ।
विगतको तुलनामा केहि भक्तजन तथा पर्यटहरुको संख्यामा बृद्धि भए पनि प्रचार प्रसार र सम्बन्धित निकायको ध्यान नगएका कारण ओझेलमा परेका हुन् ।