देश / समाज

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ
काठमाडौं  : साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले उनको निवासबाटै नियन्त्रणमा लिएको छ। साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको हो। प्रसाईंविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गतसाता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै रास्वपाकी केन्द्रीय सदस्य टीका...

क्रिएसन नेपालद्वारा त्रिशूली नदी किनार सरसफाई

क्रिएसन नेपालद्वारा त्रिशूली नदी किनार सरसफाई
मुग्लिन,६असोज ।प्लाष्टिकजन्य फोहोर न्यूनिकरणको काम गर्दै आएको क्रिएसन  नेपालद्वारा सञ्चालित क्याप प्रोजेक्टले  मुग्लिन बजार स्थित त्रिशूली नदी किनार र आसपासका क्षेत्रमा सरसरफाई गरेको छ ।  आइतबार क्याप प्रोजेक्टले इलाका प्रहरी कार्यालय मुग्लिनको सहकार्यमा  स्थानीयहरुको सहभागितामा नदी किनार र आसपासका क्षेत्रमा सरसफाई गरेका हुन् । विश्व बैँकको सहकार्यमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप प्रोजेक्टले प्लाष्टि जन्य फोहोरलाई न्यूनिकरण गर्ने काम गरिरहेका छन् । संस्थाले सन् २०२४...

चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु
चितवन :  चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेहरुमा मोटरसाइकल चालक नवलपुरको गैंडाकोट नगरपालिका ५ काङग्रेसचोक बस्ने बर्ष २६ को रबिन थापा र सोही मोटरसाइकलमा पछाडी बस्ने  लमजुङको दुधपोखरी गाउँपालिका ६ बस्ने बर्ष अन्दाजी ४० को पुर्ण बहादुर गुरुङको मृत्यु भएको हो । शहिदचोकबाट पोखरा बसपार्क तर्फ जाँदै गरेको  बागमती प्रदेश ०६–००२ प३१४५ नम्बरको एनएस मोटरसाइकल आज बिहान अन्दाजी १ : २० बजेका समयमा भरतपुर महानगरपालिक...

दशैँको टीकाको साइत ११:३६ बजे, अष्टमी-नवमी एकै दिन

दशैँको टीकाको साइत ११:३६ बजे, अष्टमी-नवमी एकै दिन
चितवन दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो। समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७:११ बजे तथा स्थिरासन ८:४३ बजे तोकिएको छ। असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११:३६ बजे टीकाको साइत तोकिएको छ।

स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
धादिङ : स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । अन्जन सिलवाल स्मृति प्रतिष्ठानको आयोजनामा बेनीघाट रोराङ ९ मझिमटारको खेल मैदानमा आजदेखि  प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको वेनीघाट रोराङ गाउँपालिकाकी प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले समुद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख प्रशासकिय अधिकृत घिमिरेले शोकलाई शक्तिमा  बदल्नुपर्छ भनेर स्वर्गिय अञ्जन सिलवालको परिवार र प्रतिष्ठानले उदाहरणीय काम गरेको  ब...

स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलिदेखि हुदैँ ,खेल तालिका सार्वजनिक

स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलिदेखि  हुदैँ ,खेल  तालिका सार्वजनिक
धादिङ :  स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिताको खेल तालिका  सार्वजनिक गरिएको छ ।  । अन्जन सिलवाल स्मृति प्रतिष्ठानले बेनीघाट रोराङ ९ मझिमटारको खेल मैदानमा असोज ४ गते भोलीबाट खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगितामा १२ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । जसमध्ये ४ वटा टिम बाइ पाएर सिधै दोश्रो चरणको खेलमा प्रवेश गरेको छ। पहिलो पहिलो दिन भोली दुई खेल हुने छ । पहिलो उद्घाटन खेलमा  चिलाउनेपानी युथ क्लब र  गल्छी गाउँप...

ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड

ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड
आँबुखैरेनी :  तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड प्रदान गरिएको छ। सिजन मिडिया नेपालले स्थानीय सरकारमा उत्कृष्ट कार्य गरेबापत चुमानलाई उक्त अवार्ड प्रदान गरेको हो । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले चुमानलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

कुरिनटारमा एक लाख ११ हजार १०१ राशी पुरस्कारको फुटबल प्रतियोगिता हुने

कुरिनटारमा एक लाख ११ हजार १०१ राशी पुरस्कारको फुटबल प्रतियोगिता हुने
कुरिनटार :  चितवनको  इच्छाकामना ४ कुरिनटारमा खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । ब्वाईज क्लब कुरिनटारको आयोजनामा सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा असोज १० गतेदेखि १६ गते सम्म ‘प्रथम कुरिनटार कप २०८१ ’(खुल्ला नकटाउन नाइन ए साईड फुटबल प्रतियोगिता) हुने भएको हो । प्रतियोगिताका विजेताले रु १ लाख ११ हजार १० १ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी,मेडल  र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले  जनाएको छ । उपविजेताले भने रु ५५ हजार ५०१ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त...

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइदै

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइदै
काठमाडौँ- संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । आजै साँझै राष्ट्रपति पौडेलले राप भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धाण भएको छ । ...

इच्छाकामना गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक,विद्यालय र अध्यक्षलाई सम्मान

इच्छाकामना गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक,विद्यालय र अध्यक्षलाई सम्मान
कुरिनटार :   चितवनको इच्छाकामना गाउँपालिकाले उत्कृष्ट नतिजा प्राप्त गर्ने  विद्यार्थी, विद्यालय, विषयगत शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेको छ ।  आर्थिक बर्ष २०८१/८२ को राष्ट्रिय शिक्षा दिवसको अवसरमा गाउँपालिका भित्र रहेका  सम्पूर्ण विद्यालयहरुको शैक्षिक सत्र २०८० मा विभिन्न तह र कक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, विद्यालय र विषयगत शिक्षक र विद्यालय व्यवसथापन समितिका अध्यक्षहरुलाई  गरिएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्य...