धादिङ : स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । अन्जन सिलवाल स्मृति प्रतिष्ठानको आयोजनामा बेनीघाट रोराङ ९ मझिमटारको खेल मैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको वेनीघाट रोराङ गाउँपालिकाकी प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले समुद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत घिमिरेले शोकलाई शक्तिमा बदल्नुपर्छ भनेर स्वर्गिय अञ्जन सिलवालको परिवार र प्रतिष्ठानले उदाहरणीय काम गरेको बताउनुभयो । खेलकुदले मानिसमा अनुसाशन र स्वस्थ्य बनाउने भएकाले यस्ता कार्यहरुलाई निरन्तरता दिनपर्नेमा जोड दिनुभयो ।
अञ्जन सिलवाल प्रतिष्ठानका अध्यक्ष अनिल सिलवालले प्रतिष्ठानले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताउनुभयो । गत बर्ष पनि फुटबल प्रतियोगता आयोजना गरिएको उहाँले बताउनुभयो आगामी दिनमा पनि प्रतिष्ठानले सामाजिक कार्यहरुलाई निरन्तरता दिइने बताउनुभयो ।
आजको भएको उद्घाटन खेलमो चिलाउने पानी युवा क्लबले गल्छी गाउँपालिका १ लाइ ३–० को सोझो सेटमा पराजित ग¥यो । यसैबिच दोश्रो खेलमा शहिद लखन गोरखाले विहानी फार्मेसीलाई ३ –० सोझो सेटमा पराजित गरेको आयोजकले जनाएको छ ।
आजको खेलमा चिलाउने पानी युवा क्लबका प्रकाश तामाङ र शहिद लखनका होम बहादुर थापा मगर म्यान अफ द म्याच घोषत हुनुभयो । दुबै जनालाई नगद रु ५०० र ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगितामा १२ वटा टिम सहभागी भएको आयोजकले जनाएको छ । जसमध्ये ४ वटा टिम बाइ पाएर सिधै दोश्रो चरणमा प्रवेश गरेको छ। भोली चार वटा खेल हुनेछ ।
प्रतियोगिताका विजेताले रु ५० हजार नगद पुरस्कारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैबिच द्वितियलाई २५ हजार तृतियलाई २० र सान्तोनालाई ५ हजार नगद सहित कप,मेड, प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट विभिन्न ७ विद्यामा पनि पुरस्कार सगैँ हरेक खेलमा उत्कृष्ट १ खेलाडीको सम्मान गर्ने आयोजकले जनाएको छ।
वेनीघाट रोराङ ९ का वडाध्यक्ष देवी बहादुर खड्का, १० अध्यक्ष विकास चेपाङ, जिल्ला समन्वय समितका सदस्य उत्तम घले,गाउँपालिका शिक्षा शाखा प्रमुख बोधराज पाठक, जिल्ला भलिबल संघ धादिङ अध्यक्ष अमृत गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजक विहानी फार्मेसी एण्ड क्लिनिक मझिमटारका संचालक विनोद श्रेष्ठ, सह–प्रायोजक सेन्ट्रल कलेज भरतपुरका विजनेश प्रमोटर दीपक कास्याप लगायतको आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।