धादिङ :  स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिताको खेल तालिका  सार्वजनिक गरिएको छ ।  । अन्जन सिलवाल स्मृति प्रतिष्ठानले बेनीघाट रोराङ ९ मझिमटारको खेल मैदानमा असोज ४ गते भोलीबाट खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा १२ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । जसमध्ये ४ वटा टिम बाइ पाएर सिधै दोश्रो चरणको खेलमा प्रवेश गरेको छ।
पहिलो पहिलो दिन भोली दुई खेल हुने छ । पहिलो उद्घाटन खेलमा  चिलाउनेपानी युथ क्लब र  गल्छी गाउँपालिका १ बीच प्रतिष्पर्धा हुने छ ।  यसैबिच दोश्रो खेल  बिहानी फार्मेसी र सहिद लखन गाउँपालिकाबिच हुने आयोजक संस्थाका अध्यक्ष  अनिल सिलवालले  बताउनुभयो ।  प्रतियोगिताको बेनीघार रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताले रु ५० हजार नगद पुरस्कारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैबिच द्वितियलाई २५ हजार तृतियलाई २० र सान्त्वनालाई ५ हजार नगद सहित कप,मेड, प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट विभिन्न ७ विद्यामा पनि पुरस्कार सगैँ हरेक खेलमा उत्कृष्ट १ खेलाडीको सम्मान गर्ने आयोजकले जनाएको छ।

यस प्रतिष्ठानले गत वर्ष  खुल्ला क्लब स्तरीय फुटबल आयोजना गरेको थियो ।
स्व. अन्जन सिलवाल बेनीघाट रोराङ ९ चौकीटार निवासी ३४ बर्षिया युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओबादी केन्द्रका सचिव हुनुहुन्थ्यो । उहाँ मोटरसाइकल दुर्घटनामा परि निधन हुनुभएको हो । आफ्नो दाजु स्व.अन्जन सिलवालको नाममा यस संस्था स्थापना गरिएको र हरेक बर्ष असोज ४ मा उनको जन्मदिन पारेर “स्व.अन्जन स्मृति कप” को आयोजना गर्ने र खेलकुद संगै शिक्षा,स्वास्थ्य र अन्य क्षेत्रमा पनि सक्रियरहने संस्थाका अध्यक्ष सिलवालले बताउनुभयो  ।

खेल तालिका