मुग्लिन,६असोज ।प्लाष्टिकजन्य फोहोर न्यूनिकरणको काम गर्दै आएको क्रिएसन नेपालद्वारा सञ्चालित क्याप प्रोजेक्टले मुग्लिन बजार स्थित त्रिशूली नदी किनार र आसपासका क्षेत्रमा सरसरफाई गरेको छ । आइतबार क्याप प्रोजेक्टले इलाका प्रहरी कार्यालय मुग्लिनको सहकार्यमा स्थानीयहरुको सहभागितामा नदी किनार र आसपासका क्षेत्रमा सरसफाई गरेका हुन् ।
विश्व बैँकको सहकार्यमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप प्रोजेक्टले प्लाष्टि जन्य फोहोरलाई न्यूनिकरण गर्ने काम गरिरहेका छन् । संस्थाले सन् २०२४ को फेब्रुअरीबाट कार्यक्रम सुरु गरेको हो। करिब २५ बर्ष पहिला नदीको पानी अत्याधिक सफा हुने गरेकाले अहिले नदिमा जथाभावी फोहोर फैलाउने काम गरेका कारणले नदिमा नकरात्मक परिस्थिति सिर्जना भएकाले सरसफाई गरेको बताइएको छ ।
प्लाष्टि जन्य फोहोर नदी किनारमा फाल्ने र जलाउने जस्ता कार्य भइरहेकोले नदीलाई पहिलेकै अवस्थामा फर्काउनका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको क्याप परियोजनाकी भोलेन्टिएर पुजा डल्लाकोटीले बताउनुभयो । नदीलाई पहिलैकै सफा अवस्थामा फर्काउन क्याप परियोजनाले जनचेतनामुलक तथा नदीसँगको माया कार्यक्रम र प्लाष्टिजन्य फोहोरहरुलाई पुर्नप्रयोग समेत गर्ने गरि काम गरिरहेको डल्लाकोटीको भनाई छ ।
सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनकी अध्यक्ष सावित्रि पुडासैनी खनालले क्रिएसन नेपालले नदीसँग माया कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले क्रिएशन नेपालले यस अघि पनि सरसफाई गरेको र पुन निरन्तरता दिएको र आगामी दिनममा पनि थप निरन्तरता दिन आग्रह गर्नुभयो । केही संस्थाहरु एक पटक आउने फोटो खिच्ने र हराउने भइरहेकोले अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिनका सचिव विष्णु कुँवरले यस कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुहुदैँ सामुायिक प्रहरी सेवा केन्द्रको साथ सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथैँ सम्पूर्ण संघसंस्थाहरुलाई समेटी जागरुप बनाउन पनि सुझाव दिनुभयो ।