काठमाडौं,२२ पुस । ज्यान उद्योगमा मुद्वा खेपीरहेका मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङ्गले आइतबार सपथ लिने भएका छन्।
प्रदेशसभा सांसद्का रुपमा सपथ लिनका लागि आइतबार बिहानै उनी पोखरा जाने तयारीमा रहेको मनाङ्गेको परिवारिक स्रोतले जानकारी दिएको छ।
हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए।
मनाङ्गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए।
आइतबारका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइएको नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीले पुष्टि गरे। तर सपथ हुनेरनहुने बारे उनले खुलाउन चाहेनन्।
यसअघि रेशमकुमार चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा सपथ लिएपछि मनाङ्गेले पनि सपथ लिने बाटो खुलेको हो।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश सांसद दीपक मनाङ्गेको सपथ के हुने भनी चर्चा सुरु भएको थियो।