काठमाडौं, २२ पौष । नेपाली सेनाले चारवटा महँगा हेलिकोप्टर खरिद प्रक्रिया अगाडि बढाएकाे छ । सेनाको दीर्घकालीन हवाई योजनाअन्तर्गत खरिद गर्न लागिएका हेलिकोप्टर भिभिआइपीका लागि प्रयोग गरिने छ ।

सन् २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने योजनाअनुसार हाल एउटा हेलिकोप्टर अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको र छिट्टै नै कम्पनीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

हेलिकोप्टरको खरिद मूल्य डेढ अर्बभन्दा बढी रहेको जनाइएको छ । चारवटै हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख, प्रधानमन्त्री र विशिष्टहरुको उडानमा प्रयोग हुनेछन् । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।