फिस्लिङ,२१ पुस । त्रिशुली नदीमा फस्ट त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियनसिप  (First Trishuli  Freestyle kayak Championship ) सम्पन्न भएको छ । नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ  को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङ स्थित त्रिशुली नदीमा भएको प्रतियोगितामा सुमन तामाङ पहिलो भएका छन् । त्यसै गरि सुरज ग्ुरुङ दोश्रो र राजन कंडेल तेश्रो भएका छन् । पहिलो दोश्रो र तेश्रो हुनेले क्रमश रु १५ हजार नगद र प्रमाणपत्र , रुं १० हजार नगद र प्रमाण र रु ५ हजार र प्रमाण प्राप्त गरेको आयोजक नेपाल राफ्ट एण्ड कायक क्लब (NEPAL RAFT AND KAYAK CLUB FISHLING) फिस्लिङले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट अनुशासित खेलाडी अमिर गुरुङलाई रु १ हजार ५ सय नगद सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।नदी पेशामा आवद्ध रिभर गाईडहरुको क्षमता बृद्धि,यूवाहरुलाई प्रोत्साहन, इच्छाकामना गाउँपालिकाको पर्यटन क्षेत्रको प्रचारप्रसार गरि स्वदेशी तथा विदेशी पर्यटहरुको बृद्धि गर्न, यस प्रतियोगितालाई इच्छाकामनाको पहिचानको रुपमा विकास गर्न र नदी संरक्षणका लागि जनचेतना फैलाउन यस प्रतियोगिता को मुख्य उदेश्य रहेको क्लबका अध्यक्ष मिलन गुरुङले बताउनुभयो ।