देश / समाज

१२ औँ चितवन महोत्सव आजबाट सुरु, पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

१२ औँ चितवन महोत्सव आजबाट सुरु, पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
चितवन, २५ पुस । १२ औं चितवन महोत्सव आज बाट सुरु हुदैँछ । नारायणी नदि किनारमा हुने चितवन महोत्सव २०७५ को उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्। यसअघि उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि आउने भनिएको थियो तर उनको स्वास्थ्य प्रतिकूलताका कारण आउन नसक्ने भएपछि महोत्सवको उद्घाटन कार्यतालिका फेरिएको महोत्सव प्रर्वद्धन समितिका संयोजक सुमन श्रेष्ठले जानकारीदिए । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संय...

चितवनका किसानले बिक्रीका लागि राखिएको भारतीय गोलभेडा गरे नष्ट

चितवन, २४ पुष । चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको भारतीय टमाटर किसानले नष्ट गरिदिएका छन् । चितवनकै ठूलो र व्यवस्थित तरकारी बजारको रुपमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा १०/१२ जनाको समूहमा आएका किसानको समूहले आज बिहान टमाटर नष्ट गरिदिएका हुन् । तीन वटा पसलमा बिक्रीका लागि राखिएका टमाटर किसानहरुले नष्ट गरिदिदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको व्यवसायीहरुले जनाएका छन् । किसानहरु आएर अबदेखि भारतीय टमा...

प्रचण्डले भने – मुलुकलाई समृद्धि बनाउन सत्ता पक्ष र विपक्षीसँगै

प्रचण्डले भने –  मुलुकलाई समृद्धि बनाउन सत्ता पक्ष र विपक्षीसँगै
चितवन, २४ पुस   ।  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै उहाँले भन्नुभयो “तपाईहरु के नठान्नुहोल भने माथि खिचातानी छ कि भन्ने...

भक्तपुरमा एटिएम मेशिन लुट्न खोज्ने दुई युवा पक्राउ

भक्तपुरमा एटिएम मेशिन लुट्न खोज्ने दुई युवा पक्राउ
काठमाडौँ, २४ पुस । भक्तपुरमा एटिएम मेिशिन लुट्न खोज्ने दुईजना युवालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पुस २४ गते सूर्यविनायक नगरपालिका – ५, सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका बस्ने तिमाल गाउँपालिका, २ शर्सियुखर्क घर भएका ३९ वर्षीया रमेश पाण्डे र भक्तपुर सूर्यविनायक नगरपालिका – ६ बस्ने २६ वर्षीय दिनेश सुकुभुटु रहेका छन् । पुस १८ गते एटिम मेशिन फुटाई चोरी गर्न लागेको भन्न...

घाँटीमा गुट्खा अड्किएर मृत्यु

घाँटीमा गुट्खा अड्किएर मृत्यु
विराटनगर,२४ पुस । घाँटीमा गुट्खा अड्किएर मोरङमा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु भएको हो । गुट्खा खाने क्रममा साँझ ७ बजे घाँटीमा खड्किएर तिम्सिना घाइते भएका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घाँटीमा गुट्खा अड्किएर श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। श्रेष्ठका अनुसार उपचारकै क्रममा तिम्सिनाको राति ८ बजे मृत्यु भएको हो ।

तीस हजार कर्मचारीको विवरण अद्यावधिक

तीस हजार कर्मचारीको विवरण अद्यावधिक
काठमाडौँ, २४ पुस । कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् ।कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी गराउनुभयो । उहाँका अनुसार वर्षेनी विवरण अद्यावधिक नगर्नेले पनि अहिले समायोजनमा जाने भएपछि अद्यावधिक गरिरहेका छन् । कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराइरहेका छन् । अहिले...

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

चितवन २४ पुस  । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रप्रसाद पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई आयल निगमको प्रमुखमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा पौडेललाई नियुक्त गरिएको हो। उदयपुर सिमेन्टको महाप्रबन्धकबाट सोमबारमात्र राजिनामा दिएका पौडेल चार्टट एकाउन्टेन्ट हुन्। मन्त्रालयले पौडेलसँगै तारानाथ पौडेल र अनिलकुमार झाको नाम सिफारिस गरेको थियो। सरकारले खुल्ला प्रतिस...

तनहुँको पर्यटन प्रवद्र्धनमा जोड

तनहुँको पर्यटन प्रवद्र्धनमा जोड
काठमाडौँ, २४ पुस । पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले तनहुँमा धेरै पर्यटकीय गन्तव्य भएको बताउँदै उक्त क्षेत्रको पर्यटन विकासका लागि तनहुँबाट काठमाडौँ आएर पर्यटन व्यवसाय गरेका व्यवसायीको ठूलो सहयोग आवश्यक रहेको...

मानव बेचविखनको आरोप लागेकी राजदूत लक्की शेर्पाद्वारा राजीनामा

मानव बेचविखनको आरोप लागेकी राजदूत लक्की शेर्पाद्वारा राजीनामा
काठमाडौं,२४ पुस । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन्। मानव बेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पामाथि छानबिन चलिरहेको थियो। शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए। शेर्पामाथि सवारी चालक वाङ्छु शेर्पाले आफूलाई अष्ट्रेलिया लैजान राजदूत शेर्पाले रकम लिएको आरोप लगाएका थिए। सवारी चालकले राजदूत शेर्पामाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थि...

सञ्चार उपकरणमा समस्या आएपछि त्रिभूवन विमान स्थलको सबै उडान ठप्प

सञ्चार उपकरणमा  समस्या आएपछि  त्रिभूवन विमान स्थलको सबै उडान ठप्प
काठण्माडौं २४ पुस  । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि विमानस्थलबाट हुने उडानमा समस्या आएको छ । भिसिसिएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । तर अवतरणमा भने कुनै समस्या नरहेको उँहाले बताउनुभयो । विमानस्थलको टावरले भने नियमित रुपमा काम गरिरहेकाले अवतरणमा समस्या नरहेको उहाले जानकारी दिनुभयो । भिसिसिएसमा समस्या आउँदा बिहान ९ बजेतिरदेखि उडान प्रभावित भ...