काठमाडौं,२४ पुस । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन्। मानव बेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पामाथि छानबिन चलिरहेको थियो।

शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए। शेर्पामाथि सवारी चालक वाङ्छु शेर्पाले आफूलाई अष्ट्रेलिया लैजान राजदूत शेर्पाले रकम लिएको आरोप लगाएका थिए।

सवारी चालकले राजदूत शेर्पामाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थियो। उनको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले समिति नै गठन गरी छानबिनका लागि उनलाई काठमाडौं बोलाएको थियो।

तर, शेर्पाले आफूविरुद्ध लगाइएको आरोप निराधार रहेको बताउँदै आएकी छिन्। चालकलाई कामबाट निकाला गरेपछि विवादमा पार्ने प्रयास गरिएको उनले दाबी गर्दै आएकी छिन्।

यसैबिच सोमबारको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यममा समाचार प्रशारण भएको थियो। तर, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समाचारको खण्डन गर्दै राजदूत शेर्पाका विषयमा कुनैपनि निर्णय नभएको स्पष्ट पारेका थिए।

राजदूत शेर्पा तत्कालीन नेकपा ९माओवादी केन्द्र०को कोटाबाट राजदूत नियुक्ति भएकी थिइन्।

परराष्ट्रले शेर्पामाथिको छानबिन प्रतिवेदन बुझाएको केही समय भइसकेपनि उनीविरुद्ध सरकार कुनै निर्णयमा पुग्न सकेको थिएन।