देश / समाज

चुम्लिङ्गटारमा मनोशक्ति एंव नेतृत्व विकास तालिम

चुम्लिङ्गटारमा मनोशक्ति एंव नेतृत्व विकास तालिम
कुरिनटार,२६ पुस । इच्छाकामनामा एक दिने मनोशक्ति एंव नेतृत्व विकास तालिम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा इच्छाकामना ३ चुम्लिङ्गटार स्थित सिद्धार्थ होटलमा तालिम सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय, सुरक्षाकमी, शिक्षक, पत्रकार, राजनिति दलका प्रतिनिधि,विभिन्न संघसस्थाका प्रतिनिधि कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । गाउँपालिकाकी अध्यक्ष गीता गुरुङको सभापतित्वमा तालिम सम्पन्न भएको हो । तालिममा महिला र पुरुष गरि २ सय जनाको सहभागिता रहेको थि...

चितवन महोत्सवको दोश्रो दिन दश हजारले गरे अवलोकन

चितवन, २६ पुष । १२ औं चितवन महोत्सवको दोस्रो दिन करिव १० हजारले अवलोकन गरेका छन् । दोस्रो दिन बिहिबारबाट नै सांस्कृतिक कार्यक्रम सुरु भएपछि अवलोकनकर्ताको चाप बढेको हो । दोस्रो दिन चर्चित हाँस्य कलाकार जीतु नेपालको हाँस्य प्रहशन रहेकाले पनि अवलोकनकर्ताको चाप बढेको सांस्कृतिक कार्यक्रम संयोजक रोहित कुमार श्रेष्ठको भनाई छ । कार्यक्रममा मुन्द्रेले देशको परिवेशबारे पेचिला शब्दहरु मार्फत घोचपेच गर्दा दर्शकको ताली पाए । यस्तै जादुगर बलराम सरकारको प्रस्तुतीले अवलोकनकर्तालाई अचम्मित ...

इच्छाकामना गाउँपालिकाले छोरी जन्मँदा बैंक खाता खोल्ने

इच्छाकामना गाउँपालिकाले   छोरी जन्मँदा बैंक खाता खोल्ने
चितवन, २६ पुस । इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ । अभिभावकको अवस्था कमजोर रहेमा दातासमेत खोजी रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख गीता गुरुङकाअनुसार गाउँपालिका भित्रक...

तामिन कृषि बहुउदेश्य सहकारीद्वारा एक महीनामा एक करोडको सुन्तला बिक्री

तामिन कृषि बहुउदेश्य सहकारीद्वारा एक महीनामा एक करोडको सुन्तला बिक्री
चितवन, २६ पुस । तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो । “मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म रू एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भन्नुभयो । उहाँका अनुसार सहकारीमा आबद्ध ८५ कृषक सदस्यले ८० बिघा जमीनमा सुन्तला खेती गरेका छन् । गत व...

विदेशमा आत्महत्या हत्या गर्नेको संख्या बढ्यो

विदेशमा आत्महत्या हत्या गर्नेको संख्या बढ्यो
काठमाडौँ,२६ पुस । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको र्मत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दुतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२ जना, साउदी अरबमा १ सय , कतारमा १ सय ४१, यूएकईमा १ सय ३, कुवेतमा ४ दक्षिण कोरियामा एक सय २६, ओमनमा ११ बहराइनमा १०, जोर्डनमा ४ इजरा...

चितवन महोत्सवमा आज मुन्द्रेले हसाउने

चितवन महोत्सवमा आज मुन्द्रेले हसाउने
चितवन , २६ पौष । बुधबारबाट सुरु भएको १२ औं चितवन महोत्सवमा आजबाट विविध सांस्कृतिक तथा हास्य एवम् अन्य विभिन्न कार्यक्रमहरु हुनेभएका छन् । नारायणी नदी किनारको प्रदर्शनी स्थलमा सुरु भएको महोसत्वसको हिजो उद्घाटन सत्र सकिएपछि आजबाट सांस्कृतिक कार्यक्रमहरु हुनेभएका हुन् । आज लोक गीत प्रतियोगिता हुँदैछ । ११ जना प्रतियोगि कलाकारहरु हुनेछन् भने आजनै जीतु नेपाल मुन्द्रेको हाँस्य प्रहसन रहने सांस्कृतिक कार्यक्रम संयोजक रोहीत श्रेष्ठले जानकारी दिनुभयो । यस्तै जादुगर बलराम सरकारको पनि...

अटो अनियन्त्रित भई पल्टिदाँ श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते

अटो अनियन्त्रित भई पल्टिदाँ  श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते
चितवन, २६ पुस । अटो दुर्घटनामा परी एक महिलाको मृत्यु भएको  छ । बुधबार साझ ६.५५ बजेको समयमा पुर्वपश्चिम राजमार्गमा रहेको भरतपुर महानगरपालिका १२ गोन्द्राङ बाट बसन्तचोक आउँदै गरेको ना २ ह १७५६ नम्बरको अटो आफै अनियन्त्रित भई पल्टीदा अटोमा सवार एकै परिवारका तिन जना घाइते भएका थिए । गोर्खा जिल्ला तान्द्राङ गाउँपालिका ४ बस्ने बर्ष ३३ की होममाया थापा लामिछानेको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा ७: १५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतका श्रीमान ३५...

आकाश तिर हेरेर प्रचण्डले भने-१० बर्ष देशका लागि काम गरेर माथी जान मन छ

आकाश तिर हेरेर प्रचण्डले भने-१० बर्ष देशका लागि काम गरेर माथी जान मन छ
चितवन,२५ पुस । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अबको १० बर्षमा समृद्ध बनाउने आफ्नो चाहना रहेको बताएका छन् । चितवनको १२ औँ संस्करणको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने ‘मेरो सपना १० वर्षमा देशलाई समृद्ध बनाउने हो’, ‘यो अवधिमा देशसँगै चितवनलाई पनि समृद्ध बनाउन सक्छौँ । साथै प्रचण्डले आकाश तिर हेरेर भने अब १० वर्ष देशका लागि र समृद्धिको लागि काम गरेर माथि जाने विचार छ, तपाईहरु सबैको साथ सहयोग भयो भने हामी नमुनाको रुपमा नेपाल र चितवनलाई...

डा.गोविन्द केसीले सुरु गरे १६ औँ अनशन, प्रधानमन्त्री ओलीलाई रोगीको संज्ञ

काठमाडौं,२५ पुस । शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘रोगी’को संज्ञा दिँदै इलामबाट आफ्नो १६औँ अनशन सुरु गरेका छन्। संसद्को शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि केसीले इलाममा पुगेर अनशन थालेका हुन्। उनी केही दिन अघिदेखि नै अनशन बस्ने उद्देश्यका साथ इलाममा पुगेका छन्। केसीले एक विज्ञप्ति जारी गर्दै आफ्नो १५ औं अनशनका क्रममा साउन १० गते सरकारसँग भएका सहमति बमोजिक चिकित्सा शिक्षा विधेयक आउनुपर...

सालनाल सहित नवजात शिशु फाल्ने गोरखाकी एक महिला पक्राउ

कुरिनटार, २५ पु्स । शिशु जन्माएर सालनाल सहित फाल्ने गोरखाका एक महिलालाई प्रहरीले पक्राउ गरिएको छ । गत शनिबार बच्चा जन्माई बोरामा पोको पारेर चितवनको इच्छाकामना ४ स्थित लेवाटार र गोरखाको सहिद लखन गाउँपालिका वडा न ४ ठेवाटार जोड्ने पुलमा शिशु फाल्ने सहिद लखन गाउँपालिका ४ ठेवाटारकी ३१ बर्षिय शुसिला चेपाङलाई प्रहरीले गए राती पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनलाई प्रकाउपछि जिल्ला प्रहरी कार्यालय चितवन चलान गरिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार त...