काठमाडौँ, २४ पुस । भक्तपुरमा एटिएम मेिशिन लुट्न खोज्ने दुईजना युवालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पुस २४ गते सूर्यविनायक नगरपालिका – ५, सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका बस्ने तिमाल गाउँपालिका, २ शर्सियुखर्क घर भएका ३९ वर्षीया रमेश पाण्डे र भक्तपुर सूर्यविनायक नगरपालिका – ६ बस्ने २६ वर्षीय दिनेश सुकुभुटु रहेका छन् ।

पुस १८ गते एटिम मेशिन फुटाई चोरी गर्न लागेको भन्ने बैंकको निबेदन अनुसार महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी उनीहरुलार्य पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।