काठण्माडौं २४ पुस । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि विमानस्थलबाट हुने उडानमा समस्या आएको छ । भिसिसिएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । तर अवतरणमा भने कुनै समस्या नरहेको उँहाले बताउनुभयो । विमानस्थलको टावरले भने नियमित रुपमा काम गरिरहेकाले अवतरणमा समस्या नरहेको उहाले जानकारी दिनुभयो । भिसिसिएसमा समस्या आउँदा बिहान ९ बजेतिरदेखि उडान प्रभावित भएको हो ।