चितवन,२५ पुस । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अबको १० बर्षमा समृद्ध बनाउने आफ्नो चाहना रहेको बताएका छन् ।

चितवनको १२ औँ संस्करणको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने ‘मेरो सपना १० वर्षमा देशलाई समृद्ध बनाउने हो’, ‘यो अवधिमा देशसँगै चितवनलाई पनि समृद्ध बनाउन सक्छौँ ।
साथै प्रचण्डले आकाश तिर हेरेर भने अब १० वर्ष देशका लागि र समृद्धिको लागि काम गरेर माथि जाने विचार छ, तपाईहरु सबैको साथ सहयोग भयो भने हामी नमुनाको रुपमा नेपाल र चितवनलाई बनाउन सक्छौं’ ।’

साथै अध्यक्ष प्रचण्डले चितवन जिल्ला सिंगै राष्ट्रको केन्द्र बन्न सक्ने बताए । ‘चितवन सिंगै राष्ट्रको केन्द्र बन्न सक्छ, बन्नु पर्छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चितवन जिल्लाको विकास राष्ट्रको विकाससँग सम्बन्धित छ । चितवनमा निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सहकार्य सिंगो राष्ट्रको सहकार्यसँग सम्बन्धित छ । चितवनको एकता सिंगो देशको एकतासँग जोडिएको छ । अब विकास र समृद्धिको यात्रामा देशलाई डो¥याउन निजी र सार्वजनिक क्षेत्रको सहकार्य आवश्यक छ उनले भने ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनमा बाटो बनाउन, पर्यटनको विकास गन, पाँच वर्षभित्र सबै बाटो पिच गरिसक्न, रोजगारी सृष्टि गर्न, मेडिकल सिटी बनाउन केन्द्र सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले काम गर्नु पर्ने बताउनु भयो । निजी क्षेत्रलाई उत्साहित नपारेसम्म समृद्धिको सपना पूरा हुन नसक्ने बताउँदै उहाँले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको आवश्यकतामाथि जोड दिए ।

माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जा लगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी आयोजना हुने आयोजकको भनाइ छ । महोत्सवमा व्यावसायिक, कृषि प्रवद्र्धन, सूचना प्रविधि, हस्तकला, शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, अटोमोवाइल्स, सामाजिक संस्था लगायतका पाँच सय ७० वटा स्टल रहेका छन् ।
महोत्सव उद्घाटनपूर्व आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री प्रचण्डले बेलुन उडाएर उद्घाटन गरेका थिए । महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो । दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको चितवन महोत्सवको आयोजक उद्योग वाणिज्य संघ चितवन र सहआयोजक भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति रहेका छन् ।