कुरिनटार, २५ पु्स । शिशु जन्माएर सालनाल सहित फाल्ने गोरखाका एक महिलालाई प्रहरीले पक्राउ गरिएको छ । गत शनिबार बच्चा जन्माई बोरामा पोको पारेर चितवनको इच्छाकामना ४ स्थित लेवाटार र गोरखाको सहिद लखन गाउँपालिका वडा न ४ ठेवाटार जोड्ने पुलमा शिशु फाल्ने सहिद लखन गाउँपालिका ४ ठेवाटारकी ३१ बर्षिय शुसिला चेपाङलाई प्रहरीले गए राती पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
उनलाई प्रकाउपछि जिल्ला प्रहरी कार्यालय चितवन चलान गरिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार ती महिला विवाहित रहेको तर अहिले एक्लै बस्दै आएको बुझिएको छ ।
शनिबार विहानै भेटिएकी ती नवजात शिशुको भने उपचारका क्रममा मृत्यु भएको छ ।
ती महिला बारे थप विवरण आउन बाँकी छ ।