चितवन, २६ पुस । अटो दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । बुधबार साझ ६.५५ बजेको समयमा पुर्वपश्चिम राजमार्गमा रहेको भरतपुर महानगरपालिका १२ गोन्द्राङ बाट बसन्तचोक आउँदै गरेको ना २ ह १७५६ नम्बरको अटो आफै अनियन्त्रित भई पल्टीदा अटोमा सवार एकै परिवारका तिन जना घाइते भएका थिए ।
गोर्खा जिल्ला तान्द्राङ गाउँपालिका ४ बस्ने बर्ष ३३ की होममाया थापा लामिछानेको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा ७: १५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतका श्रीमान ३५ बर्षिय सन्तोष लामिछाने र छोरा ५ बर्षिय सुसान्त लामिछानेको सोही अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये छोरा सुसान्तको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार तिब्र गतिका कारण दुर्घटना भएको हो ।