राम बहादुर धामी

आँबुखैरेनी, २६ माघ । पोखरा बाटुलेचौंरको हिमालय क्लब र तनहुँ आँबुखैरेनीको मस्र्याङ्गदी युथ क्लबबीच मैंत्री सम्बन्ध स्थापना गरिएको छ । तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई समितीको सभाहलमा शनिबार एक समारोहकाबीच ती दुई क्लबबीच सम्झौंता गरी मैंत्री सम्बन्ध स्थापना गरिएको हो ।

हिमालय क्लबका अध्यक्ष मोहन थापा र मस्र्याङ्गदी युथ क्लबका अध्यक्ष जेपी केसीले सम्झौंता पत्रमा हस्ताक्षर गरेर मैंत्री सम्बन्ध कायम गरिएको मस्र्याङ्गदी युथ क्लबले जनाएको छ । कार्यक्रममा, गण्डकी प्रदेशका सभासद्हरु कुमार खड्का, पुष्पा केसी, दोबाटे बि.क., कृष्ण थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, एन्फाका केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य आँबुखैरेनी बजार ईकाई समितीका सभापति कृष्णमान तामाङ्ग लगाएतले मन्तव्य राखेका थिए ।