गोरखा,२८माघ । गोरखामा यूएस आईडीको आर्थिक सहयोग र हेलेन केलर इन्टरनेश्नलको अगुवाईमा सञ्चालित सुआहारा परियोजनामा काम गर्ने फिल्ड सुपरिवेक्षक र सामुदायिक स्वंयसेवीकाहरुलाई ८ दिने क्षमता अभिवृद्धि सम्बन्धि तालिम सुरु भएको छ । परियोजनाको गोरखा स्थित स्थानिय साझेदार संस्था पद्धति विकास सेवा केन्द्रले आफ्ना ४८ जना फिल्ड कर्मचारीहरुलाई उक्त तालिम संचालन गरेको हो । यस तालिमबाट फिल्ड कर्मचारीहरुको सैद्धान्तिक प्राविधिक क्षमता अभिवृद्धिलाई स्थानिय सुनौला हजार दिनको आमा र बच्चाहरुको पोषण सुधार गर्न ठूलो टेवा पुग्ने सुआहारा परियोजना गोरखाकाका कार्यक्रम संयोजक यम जिसिले बताउनुभयो ।
परियोजनाको लमजुङ स्थित स्थानिय साझेदार संस्था आरसिडिसि लमजुङले केहि दिन अघि मात्र आफ्ना ३३ जना फिल्ड कर्मचारीहरुलाइृ उक्त तालिम सम्पन्न गरिसकेको छ ।