कुरिनटार, १० चैत । आज देखि विद्यालय तहको महत्वपूर्ण एसइई परीक्षा विहान ८ बजेबाट शुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस बर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ जना परीक्षार्थी सहभागी भएका छन् ।विद्यार्थीहरुले आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परिक्षा दिईरहेका छन् ।
यसैबीच चितवनको ४२ केन्द्रबाट एघार हजार दुई सय ५४ जनाले सहभागीता जनाएका छन् ।चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाबाट भने २९३ जना परीक्षार्थी सहभागी रहेका छन् । छात्रा १६० र छात्र १३३ गरि २९३ जना परीक्षामा सहभागी भएका हुन् ।
शर्वशान्ति मावि कुरिनटारमा १३३, त्रिवेणी वराहा मावि मुग्लिनबाट १३४ जना परीक्षार्थीहरु परीक्षामा सहभागी छन् । शर्वशान्ति मावि परीक्षा केन्द्रमा त्रिवेणी वराहा मावि मुग्लिनका एक जना ग्रेड वृद्धिका परीक्षार्थी अनुपस्थित रहेको गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलले जानकारी दिनुभयो ।
वडा न ७ मा रहेको मावि गर्दासमा रहेको २८ जना परीक्षार्थी भने कालिका नगरपालिका स्थित पृथ्वी मावि भोटेनी केन्द्रबाट सहभागी भएका छन् ।
त्रिवेणी वराहा मावि मुग्लिन र शर्वशान्ति मावि कुरिनटारमा अहिले शान्त र भय मुक्त वातावरणमा परीक्षा चलीरहेको शिक्षा अधिकृत सिग्देलले जानकारी दिनुभयो ।