रत्ननगर ११ चैत । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सोमवार कयर खोलामा छडके अनुगमन गरेका छन । कयर खोलाबाट ढुंगा र गिट्टीको चोरी निकारी हुन नदिन मेयर वनले छडके अनुगमन गरेका हुन । रत्ननगर र खैरहनी नगरपालिकाले सयुक्त रुपमा राजश्य संकलन गर्ने गरी यही चैत ३ गतेदेखि कयर खोलाबाट ढुंगा र गिट्टी निकासी खुल्ला गरेका छन । विगतमा ढुंगा र गिट्टीको अबैध चोरी निकासी बढेपछि विगतको नियती दोहोरिन नदिन नियमित अनुमगन थालिएको छ । कयर खोला अनुमगन समितिका संयोजक समेत रहेको मेयर वनले ढुंगा र गिट्टी बोक्ने ट्याक्टर र टिपरले राजश्व तिरे नतिरेको,खोलाको गहि¥याई र मापदण्ड अनुसार उत्खनन भए नभएको बारेमा अनुगमन गरेका थिए । कयर खोलाबाट व्यापक राजश्व चुहावट भएका पाए मेयर वनले भने यसलाई रोक्न नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । अनुमगनमा कयर खोला व्यवस्थापन समन्वय समितिका संयोजक हरिकुमार श्रेष्ठ,वडा नं १ का वडा अध्यक्ष शंकर सिं तामाङ,नगर प्रबक्ता राजेन्द्र हमाल,इन्जिनियर प्रकासचन्द्र ढुंगाना लगायतको सहभागिता रहेको थियो ।