खेलकुद

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश
काठमडौँ  :  २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह 'ए' काे विजेता बनेकाे छ ।ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालकाे जितमा खेलकाे १७औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गाेल गरे । बङ्गलादेशका इस्लामले खेलकाे ४३ औं मिनेटमा पेनाल्टीमार्फत गाेल गरे । याे जीतसँगै नेपालले २ खेलमा ६ अङ्क जाेडेकाे छ । बङ्गलादेशकाे २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघ...

साफ यू-२० च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिपः नेपालको विजयी सुरुवात
काठमाडौँ : २० वर्षमुनिको पुरुष साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको उद्घाटन खेलमा श्रीलंकालाई १–० गोलले हराउँदै घरेलु टोलीले विजयी शुरुवात गरेको हो। नेपालको जितमा खेलको २३औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निर्धारित ९० मिनेट र थपिएको ६ मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप कुनै गोल गर्न सकेनन्।जितसँगै नेपालले ३ अंक जोडेको छ। अहिलेसम्म साफ यू-२० का ...

सरकारले काभा भलिबल लिगमा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिइने

सरकारले काभा भलिबल लिगमा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिइने
काठमाडौँ  ः सरकारले काभा वुमन्स नेशन्स भलिबल लिग २०२४ मा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँका साथ सम्मान गर्ने भएको छ। साथै मुख्य प्रशिक्षकलाई २ लाख एवं व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँ दिने भएको छ। शुक्रवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २८ बमोजिम उक्त पुरस्कार दिन थालेको जनाइएको छ।

काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं : काभा महिला नेशन्स भलिबल लिगमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ।दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको खेलमा नेपालले पहिलोपटक भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा विजयी भयो। पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो खेल १२–२५ ले गुमाउन पुगेको थियो। तेस्रो सेटमा २५–१७ ले विजयी भएको नेपालले चौथो सेटमा १८–२५ ले गुमाएको थियो। अन्तिम सेट नेपालले १५–१३ ले आफ्नो पक्षमा पार्न ...

महिला एशिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जीत, यूएई ६ विकेटले पराजित

महिला एशिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जीत, यूएई ६ विकेटले पराजित
काठमाडौँ : एसीसी वुमन्स एशिया कप क्रिकेटअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। नेपालले ३ ओभर ५ बल खेल्न बाँकी रहँदै ४ विकेटको क्षतिमा ११८ रन बनाएर खेल जित्यो। नेपालका लागि सम्झना खड्काले धुवाँधार ब्याटिङ गर्दै अर्धशतक बनाइन्। उनले ३५ बलमा अविजित ७२ रन बनाइन्। उनले ११ चौका प्रहार गरिन्। टी-२० अन्तरराष्ट्रियमा यो सम्झनाको पहिलो अर्धशतक हो भने नेपाली महिला खेलाडीको सर्वाधिक स्कोर पनि हो। अर्को छेउमा ७ बल खेल्दै ७ रन बनाएर पूजा महतो अवि...

युरो कपको उपाधि स्पेनलाई

युरो कपको उपाधि स्पेनलाई
काठमाडौं : युरो कपको उपाधि स्पेनले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए।  विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए।​ योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ।  स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ...

एसीसी यू-१९ प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, बहराइन ७ विकेटले पराजित

एसीसी यू-१९ प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, बहराइन ७ विकेटले पराजित
काठमाडौं : एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ।   आज सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो। ​ बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिंग सम्हाल्दै जित दिलाएका थिए। देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालल...

प्रथम गण्डकी अध्यक्ष कप फुटबल प्रतियोगिता : छात्रतर्फ दीर्घेश्वर र छात्रातर्फ रत्नेश्वर माविलाई उपाधी

प्रथम  गण्डकी अध्यक्ष कप फुटबल प्रतियोगिता : छात्रतर्फ दीर्घेश्वर र छात्रातर्फ रत्नेश्वर माविलाई उपाधी
गोरखा  : गण्डकी गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी छात्रतर्फ दीर्घेश्वर मावि फुजेल र छात्रातर्फ रत्नेश्वर मावि दर्बुङले जितेको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नं ४ स्थित रत्नेश्वर माविको खेल मैदानमा बिहीबारदेखि भएको फुटबल प्रतियोगितामा पालिकाका माध्यमिकसम्म पढाईहुने ९ बिद्यालयको छात्र, छात्राको टिम सहभागी रहेको थियो । आज बिहान सम्पन्न भएको फाइनल खेलमा छात्रातर्फ रत्नेश्वरले भगवती माविलाई ० विरुद्ध १ गोल अन्तरले हराउ...

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षकप फुटवल प्रतियोगीता सुरु

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षकप फुटवल प्रतियोगीता सुरु
गोरखा  :  गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटवल प्रतियोगीता ‘२०८०’ सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगीता दुई दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभयो । पालिका भित्र खेलकुद क्षेत्रका विकास गर्दै खेलाडीहरु उत्पादनमा सहयोग पु¥याउने उद्देस्य सहित प्रतियोगीताको आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगीतामा पालिका भित्र रहेका माध्यामिक विद्यालयहरुबाट फुटवल टिमको सहभागीता रहेको छ । वड...

एसियाली खेलकुद : नेपालकी एरिका गुरुङले कम्तिमा रजत पदक जित्ने पक्का

एसियाली खेलकुद : नेपालकी एरिका गुरुङले कम्तिमा रजत पदक जित्ने पक्का
काठमाडौँ  :  एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत करातेमा नेपालको एक पदक पक्का भएको छ।कराते खेलाडी एरिका गुरुङ ६८ केजी तौल समूहमा फाइनलमा पुगेकी छन्। सेमिफाइनलमा हङकङकी काइ यान होलाई पराजित गर्दै गुरुङ फाइनलमा पुगेकी हुन्। उनले हङकङकी खेलाडीलाई ८-४ अंकले पराजित गरेकी हुन्। यसअघि उनले क्वार्टरफाइनलमा जापानी खेलाडी युजुकी सवाईलाई पराजित गरेकी थिइन्। गुरुङको यो जितसँगै रजत पदक पक्का भएको छ। यसअघि महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो। अब स्वर्ण पदका लागि गुरुङको फाइन...