गोरखा : गण्डकी गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी छात्रतर्फ दीर्घेश्वर मावि फुजेल र छात्रातर्फ रत्नेश्वर मावि दर्बुङले जितेको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नं ४ स्थित रत्नेश्वर माविको खेल मैदानमा बिहीबारदेखि भएको फुटबल प्रतियोगितामा पालिकाका माध्यमिकसम्म पढाईहुने ९ बिद्यालयको छात्र, छात्राको टिम सहभागी रहेको थियो ।

आज बिहान सम्पन्न भएको फाइनल खेलमा छात्रातर्फ रत्नेश्वरले भगवती माविलाई ० विरुद्ध १ गोल अन्तरले हराउँदै उपाधी जितेको हो भने छात्रतर्फ दीर्घेश्वरले ज्ञानमार्ग माविलाई १ विरुद्ध ३ गोल अन्तरले हराउँदै उपाधी जितेको छ । प्रतियोगितामा छात्रतर्फ ज्ञानमार्ग मावि दोश्रो र भद्रकाली मा।बि तेस्रो भएको छ । त्यसैगरी छात्रातर्फ भगवती मावि दोस्रो र भैरवाश्रम मावि तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशस् ३० हजार, १५ हजार र ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यसैगरि प्रतियोगितामा छात्रातर्फ भैरवाश्रम माविकी रबिना बराम सर्वोत्कृष्ट खेलाडी र रत्नेश्वरकी पूजा थापाले उत्कृष्ट गोल रक्षकको पुरस्कार प्राप्त गरेका छन । छात्रतर्फ दीर्घेश्वरका अजिव गुरुङ सर्वोत्कृष्ट खेलाडी र ज्ञानमार्ग माविका कुशल श्रेष्ठले उत्कृष्ट गोल रक्षकको पुरस्कार प्राप्त गरे । भने छात्रातर्फ भगवती माविर छात्रतर्फ भद्रकाली माविले फेयर प्लेबाट पुरस्कृत भए । उनिहरुलाई आजै एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले पुरस्कार वितरण गरेका थिए ।
इच्छाखबर संवाददाता












