यू-१९ विश्वकप एशिया छनोट : हङकङलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ : नेपाल यू-१९ विश्वकप एशिया छनोटको फाइनलमा पुगेको छ। आज भएको खेलमा हङकङविरुद्ध ९ विकेटको शानदार जित हासिल गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।
जितका लागि हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२ ओभर ३ बलमा १ विकेटमात्र गुमाएर भेट्टायो।नेपालको जितमा साहिल पटेलले अविजित रहँदै सर्वाधिक ४२ तथा कप्तान नरेन भट्टले ३९ रन जोडे। निरजकुमार यादवले २३ रन बनाए।
त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङमा तानिएको हङकङले ४६ ओभर २ बलमा सबै विकेट गुमाएर ...









