चितवनमा पनि छैटौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइयो, विरामीलाई निशुल्क अण्डा वितरण
चितवन १७ पुस । पोल्ट्री व्यवसायले राष्ट्रिय आयमा चार प्रतिशत योगदान दिँदै आएको छ । मासुमा नेपाल आत्मनिर्भर पनि भएको छ । नेपालमा पोल्ट्री व्यवसाय फष्टाउदो क्रममा रहेको छ ।
पोल्ट्रीलाई व्यवसायीहरुले दिवसको रुपमा मनाउन थालेका छन । नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत भएको दिन विसं २०१७ पुस १७ गतेलाई स्मरण गर्दै २०७० सालबाट पोल्ट्री दिवस मनाउन लागिएको हो ।
दिवसको अबसरमा खुकुरा व्यवसायी संघ पूर्वी चितवनले रत्ननगरमा प्रभातफेरी,अन्र्तक्रिया र रक्तदान कार्यक्रम गरेको छ । अन्र्तक्रिया...