शिक्षा/स्वास्थ्य

संस्थागत र सामुदायिक विद्यालयहरुमा  हुने विभेदको अन्त्य गर्नुपर्छ : उप्रमुख  अधिकारी 

संस्थागत र सामुदायिक विद्यालयहरुमा  हुने विभेदको अन्त्य गर्नुपर्छ : उप्रमुख  अधिकारी 
आशिष अधिकारी  चितवन, २७ जेठ । भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले सस्थागत र सामुदायिक बिद्यालयहरुमाथिको विभेद अन्त्य हुनुपर्ने बताउनु भएको छ ।  सस्थागत र सामुदायिक बिद्यालयहरुमा कुनै न कुनै बाहनामा विभेद हुँदै आएका छन, ती बिभेदहरुको तत्काल अन्त्य हुन आबश्यक छ उप प्रमुख अधिकारीले भन्नू भयो । भरतपुर माहानगर प्याब्सनले आज भरतपुरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले सस्थागत र सामुदायिक बिधालयहरुम हुने गरेका ...

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज काठमाडौं आउँदै

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज काठमाडौं आउँदै
काठमाडौं :  आज विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेका हुन् । डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् । तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा...

बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौं  :  आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने भएको छ। आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ। यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्र...

आजदेखि ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप

आजदेखि  ७५ लाख बालबालिकालाई  टाइफाइडविरुद्धको खोप
काठमाडौं : आजदेखि १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी ९खोपसम्बन्धी विश्वव्यापी सञ्जाल०ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबा...

इच्छाकामनाका राममाया गुरुङको उपचारका लागि तेजमान गुरुङ एक्लैले गरे २लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग

इच्छाकामनाका राममाया गुरुङको उपचारका लागि तेजमान गुरुङ एक्लैले गरे २लाख ७२  हजार रुपैयाँ आर्थिक सहयोग
इच्छाकामनाका राममाया गुरुङको उपचारका लागि तेजमान गुरुङ एक्लैले गरे २लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग चितवन,१७ चैत । इच्छाकामना गाउँपालिका २ बाँसपुरका राम माया गुरुङको उपचारका लागि तेजमान गुरुङ एक्लैले रु २ लाख ७५ हजार नगद सहयोग गर्नुभएको छ। चितवन रामपुर घर भइ हाल लण्डनमा रहनुभएका तेजमान गुरुङले हाल लण्डनबाट पटक पटक गरि उक्त सहयोग रकम पठाउनुभएको हो । हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । विगत दुई बर्षदेखी हड्डीक...

गाउँपालिकामा कोभिडको राहत रकम हिनामिना

गाउँपालिकामा  कोभिडको राहत  रकम हिनामिना
काठमाडौं : पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ। अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए। कोभिड प्रभावित विपन्न परिवारका लागि राहत बाँड्न केन्द्र सरकारले रकम पठाएको थियो। त्यसबारे बुझ्न अख्तियारको क्षेत्रीय कार्यालयबाट मंगलबार प्रहरी नायव उपरीक्षक गणेश बरालको नेतृत्व टोल...

घैरुङ स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

घैरुङ स्वास्थ्य चाैकी भवनकाे शिलान्यास
गोरखा : शहिदलखन गाउँपालिकाको घैरुङमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष रमेश थापा मगरले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् । कुला ८ करोड ९४ लाख १८० मा भवन निर्माणको जिम्मा खानी निर्माण सेवा प्रा‍लि बानेश्वर काठमाण्डौ लिएको छ । भवन निर्माणको काम ३१ जनवरी २०२३ मा सक्नुपर्ने गरी सम्झौता भएको छ । स्वास्थ्य चौकी भवन निर्माणसँगै घैरुङ लगायतका आसपासका क्षेत्रका नागरिकहरुले सजिलै स्वास्थ्य सेवा प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाले बताए ...

कक्षा १२ को परीक्षा जेठ १८ देखि हुने

कक्षा १२ को परीक्षा जेठ १८ देखि हुने
काठमाडौं : कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्डले बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षाकेन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । गत वर्ष अ...

आज थप २७ जनामा कोरोना संक्रमण

आज थप २७ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१ हजार ६५४ पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन् ।

तीन सय स्टाफ नर्सको माग, ४५ वर्षसम्मले दरखास्त दिन पाउने

तीन सय स्टाफ नर्सको माग, ४५ वर्षसम्मले दरखास्त दिन पाउने
काठमाडौं : लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ, तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ। खुलामा १६५ जनाको माग गरिएको छ। यस्तै महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिटको माग छ। आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्त...