गोरखा : शहिदलखन गाउँपालिकाको घैरुङमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष रमेश थापा मगरले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् ।
कुला ८ करोड ९४ लाख १८० मा भवन निर्माणको जिम्मा खानी निर्माण सेवा प्रालि बानेश्वर काठमाण्डौ लिएको छ । भवन निर्माणको काम ३१ जनवरी २०२३ मा सक्नुपर्ने गरी सम्झौता भएको छ ।
स्वास्थ्य चौकी भवन निर्माणसँगै घैरुङ लगायतका आसपासका क्षेत्रका नागरिकहरुले सजिलै स्वास्थ्य सेवा प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाले बताए ।
इच्छाखबर संवाददाता












