शिक्षा/स्वास्थ्य

जब फोहोरका पोका घरघरै फिर्ता आएपछि

जब फोहोरका पोका घरघरै फिर्ता आएपछि
स्याङ्जा,१७ चैत । नगरपालिकाको टिपर टक्क घरअगाडि रोकियो । कर्मचारीले घरधनीलाई पोका थमाउँदै भने, ‘लौ तपाईंको सामान तपाईं नै राख्नुस् ।’   अलमलमा परेका घरधनीले खुरुखुरु हात थापे खोलेर हेर्दा त्यसमा फोहोर थियो । त्यही फोहोर जुन उनीहरुले राति सुटुक्क लगेर खोल्सामा फालेका थिए । वालिङ नगरपालिकाले शनिबार वडा नम्बर १० फेदी मोहोरियाका बासिन्दाले जथाभावी फालेको फोहोर उनीहरुलाई नै फर्काइदिएको हो । यसै कारण वालिङ बजारमा विहान केही घण्टा निकै चर्काचर्की चलेको थियो । फोहोरका पो...

प्रदेश २ मा एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया सुरु

प्रदेश २  मा एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया सुरु
काठमाडौं,१७ चैत । प्रदेश २ मा स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया शुरु हुने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।   आज आइतबार बस्ने एसईई बोर्डको बैठकले प्रश्नपत्र छपाइको निर्णय गर्नेछ । एसईई कार्यालयले आउट भएका विज्ञान र सामाजिक शिक्षासहित पाँच विषयको प्रश्नपत्र छपाइको तयारी गरेको छ । पनिकाले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिकतर्फका प्रश्नपत्र छपाइ गर्ने भएको छ । ‘हा...

कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मी र बजेट अभाव, बन्द हुने अवस्थामा

काठमाडौं,१७ चैत । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट ९आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड० १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो । यसअघि ५२ बेडको केन्द्रीय आइसियूको अवधारणा भए पनि ३७ वटा आइसियू बेड सञ्चालनमा थिए । इन्टरमिडियट बेडको संख्या २० थियो । पुस ०७३ सम्म कान्तिको आइसियूमा १८ बेड ...

नेकपा इच्छाकामनाद्वारा मुटु रोगी सारादा चेपाङलाई आर्थिक सहयोग

नेकपा इच्छाकामनाद्वारा मुटु रोगी सारादा चेपाङलाई आर्थिक सहयोग
  कुरिनटार,१६चैत । चितवनको इच्छाकामना ५ नेपेडाडाँकी मुटु रोगी सारादा चेपाङलाई आर्थिक सहयोग प्राप्त भएको छ । आज नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले उनको घरमै पुगेर रु २५ हजार २ सय ५० आर्थिक सहयोग गरिएको सम्झना खड्का सिलवालले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण दुई बर्ष देखि मुटु रोगले पीडित सारादाको उपचार हुन सकिरहेको छैन । सारादाको उपचारका लागि सहयोग गर्न सबै सहयोगी मनहरुलाई आग्रह गरिएको छ ।

दश हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी

दश हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी
काठमाडौं,१६ चैत । विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो । शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको हो । शिक्ष ऐनम फेल भएका शिक्षकले स्वतः अवकास हुने व्यवस्था भएपछि सरकारले तत्काल...

प्रदेश २ मा एसईई परिक्षा स्थगित

प्रदेश   २ मा एसईई परिक्षा  स्थगित
काठमाडौं,१५ चैत । प्रदेश नम्बर २ मा लगातार प्रश्नपत्र बाहिरिएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चितकालका लागि स्थगित भएको छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको जानकारी दिएको हो। चैत १० गतेबाट सुरु भएको परीक्षा अन्तर्गत चैत १४ गते सञ्चालन भएको अनिवार्य विज्ञान विषय र चैत १५ गतेको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएको थियो। विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको विषयमा...

SEE को प्रश्न पत्र परिक्षा नहुदै आउट, सम्बन्धित निकायकै मिलेमतो ।

SEE को प्रश्न पत्र परिक्षा नहुदै आउट, सम्बन्धित निकायकै मिलेमतो ।
सप्तरी – सप्तरीमा जारी एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट भएको छ । एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखहरुले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक संजाल मार्फत एक–अर्कालाई आदान प्रदान गरेको तथ्य फेला परेको छ । यस वर्षको एसईई परीक्षा अन्तर्गत विहीबार विज्ञान विषयको परीक्षा भैरहेको छ । तर, विज्ञान विषयको प्रश्न पत्र बुधबार राति नै आउट भएको र अर्कालाई सामाजिक संजाल मार्फत् शेयर गरेको पाइएको छ । श्रोतका अनुसार प्रश्न पत्र आउट गर्नका लागि जिल्ला शिक...

बिद्युत अभावले एसइइ दिने बिद्यार्थी प्रभावित

बिद्युत अभावले एसइइ दिने बिद्यार्थी प्रभावित
काठमाडौँ, १४ चैत ।  पूर्बी नवलपरासीको नवलपुर क्षेत्रमा आउदो एक साता विद्युत अभाव हुने नेपाल विद्युत प्राधिकरण कावासोतीले जनाएको छ । गत सोमबार राती अप्रत्यासित रुमा आएको हावाहुरी र वर्षाद संगै १ सय ३२ के.भि. प्रसारण लाईन अन्तरगत बुटबल ग्रीड महाशाखाको देवचुली नगरपालिका प्रगति नगर स्थित सवस्टेसनको ट्रान्सफर्मर विग्रदा नवलपुरका चार नगरपालिका र दुई गाउपालिकामा विद्युत अभाव भएको छ । विद्युत अभावसंगै नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र कावासोतीले बुधबार एक विज्ञप्ती जा...

SEE दिदै गरेकि किशोरीको चिट भनेर शिक्षकले प्याड थुते पछि।

SEE दिदै गरेकि किशोरीको चिट भनेर शिक्षकले प्याड थुते पछि।
अछाम । पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ ।बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो ।कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्नुपर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सुरुदेखि नै सताएको थियो । आ...

भरतपुरमा आँखा बैंक सञ्चालन हुने

भरतपुरमा आँखा बैंक सञ्चालन हुने
चितवन, ११ चैत । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित चितवनको भरतपुर आँखा अस्पतालले आँखा बैंक स्थापनाको तयारी सुरु गरेको छ । वार्षिक साढे एक लाख भन्दा बढी बिरामीलाई सेवा पु¥याउँदै आएको भरतपुर आँखा अस्पतालले आँखाको नानी संकलन र प्रत्यारोपण सुरु गरेसँगै आँखा बैंक स्थापनाको तयारी थालेको हो । अस्पताले यस वर्ष चार जनाको आँखाको नानी संकलन गरेर काठमाडौँको तिलगंगा आँखा अस्पतालमा पठाएको तथा आँखा बैंकबाट आँखाको नानी ल्याएर ५५ जनामा प्रत्यारोपण गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी...