शिक्षा/स्वास्थ्य

कक्षा १२ को परीक्षा शुरु, ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागी

काडमाण्डौ,१५ वैशाख । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भैरहेको छ । परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाण्डौमा ६२ हजार ५ सय ८८ परीक्षार्थीले फाराम भरेको बोर्डले जनाएको छ । देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ...

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, नौ लाख ३६ हजार परीक्षार्थी सहभागी हुदैँ

काठमाडोँ, १४ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ पर...

हुम्लामा अज्ञात रोगले आठको मृत्यु, दर्जनौं बिरामी

हुम्लामा अज्ञात रोगले आठको मृत्यु, दर्जनौं बिरामी
हुम्ला,१४ वैशाख । जिल्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् । शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दु...

चार बर्षमा चितवनमा भूकम्पले भत्किएका १६ विद्यालय मात्र पुनःनिर्माण

चार बर्षमा चितवनमा भूकम्पले  भत्किएका  १६ विद्यालय मात्र पुनःनिर्माण
चितवन, १३वैशाख । चार वर्षअघि गएको भूकम्पका कारण भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनःनिर्माण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ ९शिक्षा० चितवनले दिएको जानकारीअनुसार भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणको काम हालसम्म १० प्रतिशत मात्रै भएको हो । कार्यालयका प्रमुख भक्तराज सेन्चुरीका अनुसार हालसम्म पुनःनिर्माण गर्नुपर्ने १५९ विद्यालयमध्ये १६ विद्यालयका ४४ कक्षाकोठा मात्रै निर्माण भएका छन् । निर्माण सम्पन्न भएका विद्यालय अघिल्लो आर्थिक ...

कुरिनटारको ट्रमा सेन्टर एक वर्षदेखि अलपत्र

कुरिनटारको ट्रमा सेन्टर एक वर्षदेखि अलपत्र
चितवन,१० वैशाख । एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्षित गरी निर्माण गरिएको उक्त सेन्टर २५ श्ययाको छ । शिक्षालयका समादेशक सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक किशोर प्रधानका अनुसार अपाङ्गमैत्री सुविधा सम्पन्न स...

इच्छाकामनाको एक सरकारी विद्यालयमा विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

इच्छाकामनाको एक सरकारी विद्यालयमा विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो
मुग्लिन,९ वैशाख । “विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको । यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १ मा पहिलो वर्ष २०÷२० जनाको भर्ना लिने उद्देश्य लिएकामा समय अग...

बोर्डिङ स्कुल सरकारीमा गाभियो

पाल्पा,६ वैशाख । जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ ।गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो । निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो । यो निर्णयबाट अभिभावक खुसी भएका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

आजबाट बिधार्थी भर्ना अभियान , ९१ हजार बालबालिका विद्यालय बाहिर

काठमाडौं, २ बैसाख । आजदेखि औपचारिक रुपमा सरकारले विद्यार्थी भर्ना अभियान कार्यक्रमको शुरुवात गर्दैछ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले कार्यक्रम शुरुवात गरेको हो । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र ९साविकको शिक्षा विभाग० का अनुसार यस वर्ष ९१ हजार बालबालिका विद्यालय बाहिर रहेको विभिन्न तथ्याङ्कहरुले देखाएको छ । गएको वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा त्यो संख्या बढेर यस बर्ष ९...

‘प्रधानमन्त्री केपी ओलीकी छोरी कक्षामा पहिलो भइन्

‘प्रधानमन्त्री केपी ओलीकी छोरी कक्षामा पहिलो भइन्
मुगु,१ बैशाख । आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँ लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छिन् । उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अ...

कम्प्यूटर इन्जिनियरिङ पढाई हुने सामुदायिक विद्यालय त्रिवेणी वराह मा.वि मुग्लिन, ७ कक्षा सम्म अंग्रेजी माध्याममा पढाई

कम्प्यूटर इन्जिनियरिङ पढाई हुने सामुदायिक विद्यालय त्रिवेणी वराह मा.वि मुग्लिन, ७ कक्षा सम्म अंग्रेजी माध्याममा पढाई
हीरालाल गुरुङ मुग्लिन,२९ चैत । ऋणधन गरेर भए पनि निजि विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम बढेपछि कती पय सामुदायिक विद्यालयहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । सरकारी विद्यालयमा तालिम प्राप्त अनुभवी शिक्षकहरु भए पनि निजि विद्यालयको आकर्षण बन्नु पहिलो कारण हो अंगे्रजी माध्ययममा पढाई हुनु । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पनि निजि विद्यालयको आकर्षणका कारण कतीपय सामुदायिक विद्यालयहरु रितिदैँ गएका छन् । तर वडा न. ५ मा रहेको त्रिवेणी वराह म...