शिक्षा/स्वास्थ्य

इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा

मुग्लिन,२८ जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ । गाउँपालिकाले यसअघि स्वास्थ्य सेवा नपुगेका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सबै वडामा स्वास्थ्य सेवा पुगेका हुन् । गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित यसअघि स्वास्थ्य सेवा नपुगेका वडा र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “वडाबाटै...

इच्छाकामना ७ मा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन

इच्छाकामना ७ मा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन
कुरिनटार,२२ जेठ । चितवनको इच्छाकामना गाउँपालिका वडा न. ७ भालुमारा-स्याङ्दीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले इकाईको उद्घाटन गर्नुभएको हो । मंगलबारै नवनिर्मित स्वास्थ्य इकाइको भवन पनि उद्घाटन गरिएको गाउँपालिका स्वास्थ्य प्रमुख धनकुमार खड्काले जानकारी दिनुभयो । गाउँपालिकाले रु १५ लाखको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो । कार्यक्रममा स्वास्थ्य प्रमुख खड्काले स्वास्थ्य शाखाको निति तथा कार्यक्रम समेत...

आर्थिक अभावमा गोरखाकी २४ बर्षिय पुजाको उपचारमा समस्या, सहयोगका लागि अपिल

आर्थिक अभावमा गोरखाकी २४ बर्षिय पुजाको उपचारमा समस्या, सहयोगका लागि अपिल
कुरिनटार,४ जेठ । गोरखाको सहिद लखन गाउँपालिका वडा न १ बक्राङ सानो दिप्लीङका २४ बर्षिय पुजा थापा आर्थिक अभावका कारण जिवन मरणको दोसाँधमा छिन्। विगत ४ बर्ष देखि ब्लड क्यान्सरका कारण विरामी रहेकी थापाको आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको हो । ३ बर्ष अघि रु. १७ लाख खर्च गरेर भक्तपुर क्यान्सर हस्पिटल काठमाडौँमा उपचार गरेकी पुजाको अहिले पुन : बल्झिएको हो । अहिले सिभिल हस्पिटल काठमाडौँमा उपचारका लागि तयारी गरिएको छ । तर आर्थिक अभावका कारण समस्या भएको छ । अस्पतालले रु. २० लाख डिपो...

दारेचोकमा सामुदायिक स्वास्थ्य इकाई स्थापना फोटो फिचर सहित

दारेचोकमा सामुदायिक स्वास्थ्य इकाई स्थापना फोटो फिचर सहित
कुुरिनटार,४ जेठ । चितवनको इच्छाकामना गाउाँलिका वडा न ३मा पहिलो पटक स्वास्थ्य सेवा संचालन हुने भएको छ । गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबीच सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्नुभएको हो । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले स्वास्थ्य सेवा नपुगेका सबै दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सेवा दिने कार्यक्रम अन्तरगत यस वडामा स्थापना गरिएको बताईन् । यस अघि वडा न. १ को दुर्गम बस्ती भराङमा पनि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सेवा द...

इच्छाकामना गाउँपालिकाका सात विद्यालय समायोजन

इच्छाकामना गाउँपालिकाका सात विद्यालय समायोजन
मुग्लिन, २३ वैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका सात विद्यालय समायोजन गरिएको छ । विद्यार्थीको सङ्ख्या नपुगेपछि राष्ट्रिय आधारभूत विद्यालय९१–३० लाई नजिकको अर्को विद्यालयमा समायोजन गरिएको हो ।   गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलका अनुसार वडा नं २ स्थित राष्ट्रिय आधारभूत विद्यालय घुर्केशलाई सोही वडामा रहेको राष्ट्रिय आधारभूत विद्यालय मायाटार, वडा नं ३ मा रहेको पन्थ राष्ट्रिय आधारभूत विद्यालय डुडेलाई माझ गाउँ मावि, वडा नं ३ मा रहेको राष्ट्रिय आधारभूत विद्या...

वीर अस्पतालको बिजोग

वीर अस्पतालको बिजोग
काठमाडौं,२१ वैशाख । वीर अस्पतालको विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन् । उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले रिफर भएर उपचार गर्नु पर्ने बाध्यता छ । जम्मा २० बेडको आईसीयू कक्षमा अहिले ६ भेन्टिलेटर बिग्रिएका छन् । अस्पतालमा दैनिक १० नयाँ बिरामी आईसीयू चाहिने खालका आउँछन् । अस्पतालको आईसीयू नपाउँदा उनीहरु निजीमा महँगो शुल्क तिरेर भर्ना हुन बाध्य छन् । वीरमा ३ हजार रुपैयाँमा पाइने आईसीयू बाहिर चार गुणा बढी छ । भेन्टिलेटर बिग्रिएको एक वर्ष बिति...

नेपालमा मानिसमा नै देखियो बर्ड फ्लू, २१ वर्षीय युवकको मृत्यु

नेपालमा मानिसमा नै देखियो बर्ड फ्लू, २१ वर्षीय युवकको मृत्यु
काठमाडोँ, १९ वैशाख । एक जना व्यक्तिमा बर्ड फ्लूु )एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण ती व्यक्तिको मृत्यु समेत भइसकेको छ। २१ वर्षीय युवकको बर्ड फ्लूबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। पालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले यो घटना अप्रत्यासित भएको बताइन्। ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्...

गर्मीमा पानी कसरी र कति पिउने ?

गर्मीमा पानी कसरी र कति पिउने ?
एजेन्सी, १८ बैशाख । मानिसको शरीरका लागि पानी  जरुरी तत्व हो । शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ । यो कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन । यसका अलावा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त हुँदैंन । यसैले गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्छ । । गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ । गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो मौसममा पानी अझ बढी आवश्यक हुन्छ । पानीको...

उपचार खर्च तिर्न नसक्दा पन्ध्र दिनदेखि अस्पतालमा बन्धक

उपचार खर्च तिर्न नसक्दा पन्ध्र दिनदेखि अस्पतालमा बन्धक
लाप्लेजुङ,१८ वैशाख । संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्या उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका २ थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ भए पनि घर जान पाएका छैनन् । २०७५ मंसिर २६ गते झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका लिम्बू उपचारबापत लागेको खर्च बुझाउन नसक्दा १५ दिनदेखि अस्पतालकै शय्यामा बन्ध...

चिट चोर्न नपाउँदा १ सय ६५ विद्यालयका सबै विद्यार्थी फेल

चिट चोर्न नपाउँदा १ सय ६५ विद्यालयका सबै विद्यार्थी फेल
एजेन्सी, १७ वैशाख । भारतको युपी बार्डका विद्यार्थीले कलेज र प्लस टुको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको समाचार भारतीय मिडियामा आइरहन्छन् तर हालै यसको नतिजाबारे अचम्मको खुलासा भएको छ । यो बोर्डमा सूचीकृत एक सय ६५ विद्यालय एवं कलेजका एकजना विद्यार्थीले पनि परीक्षा पास गर्न सकेनन् । यस्तै, ३ सय ८८ विद्यालयको नतिजा २० प्रतिशत मुनी छ । ‘बोर्ड परीक्षामा चिट चोर्न नपाउने कडा नियम लागू गरेपछि यस्तो नतिजा देखा परेको हो,’ युपी बोर्डका अध्यक्ष विनय कुमार पाण्डेले भने । ...