पाल्पा,६ वैशाख । जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ ।गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो ।

निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो । यो निर्णयबाट अभिभावक खुसी भएका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।