कुरिनटार,४ जेठ । गोरखाको सहिद लखन गाउँपालिका वडा न १ बक्राङ सानो दिप्लीङका २४ बर्षिय पुजा थापा आर्थिक अभावका कारण जिवन मरणको दोसाँधमा छिन्। विगत ४ बर्ष देखि ब्लड क्यान्सरका कारण विरामी रहेकी थापाको आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको हो ।
३ बर्ष अघि रु. १७ लाख खर्च गरेर भक्तपुर क्यान्सर हस्पिटल काठमाडौँमा उपचार गरेकी पुजाको अहिले पुन : बल्झिएको हो ।
अहिले सिभिल हस्पिटल काठमाडौँमा उपचारका लागि तयारी गरिएको छ । तर आर्थिक अभावका कारण समस्या भएको छ । अस्पतालले रु. २० लाख डिपोजिट गर्न भनेको छ । उनका श्रीमान् साजन थापाले आर्थिक अभावका कारण उपचारमा समस्या आएको बताए । उनले भने, “तीन बर्ष अघि रु १७ लाख उपचारमा खर्च भयो, अहिले सम्म उक्त ऋण तिर्न सकिरहेको छैन, २० लाख डिपोजिट गर्न सक्ने अवस्थामा छैन । ”
पुजाले आफुलाई बचाइदिन सबै सहयोगी मनहरुसंग आग्रह गरेकी छिन् । उनले रुदै भनिन् म बाच्न चाहन्छु ।”पुजाको ७ बर्षकी छोरी पनि छिन् ।
पुजाकी बुबा देवराजले पनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताए । उनका अनुसार ३ बर्ष अघि उपचार पछि पुर्णरुपमा निको भएको डाक्टरहरुले बताएका थिए । तीन बर्ष सम्म ज्वरो पनि नआएको तर एक्कासी पुरानै रोग बल्झिएको हो ।
सहयोग गर्न चाहनेहरुले विरामीको ग्लोबल बैँकको खाता नम्बर ०७०७०१०००८०२० मा रकम जम्मा गर्नसक्नुहुनेछ । सहयोगका लागि श्रीमान् साजन थापाको मोबाइल नम्बर,९८०८९३८३०० र बुबा देवराज थापाको मोबाईल नम्बर ९८४७८४६०३५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।