काठमाडोँ, १९ वैशाख । एक जना व्यक्तिमा बर्ड फ्लूु )एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण ती व्यक्तिको मृत्यु समेत भइसकेको छ।
२१ वर्षीय युवकको बर्ड फ्लूबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
पालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले यो घटना अप्रत्यासित भएको बताइन्।
ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।
त्यसपछि उक्त नमूना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमूनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो। नमूनामा बर्ड फ्लू ९एच फाइब एन वान० भएको उल्लेख थियो।
त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो। घटनाको जानकारी गराउन आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन।
सन् १९९६ मा यो भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि हालसम्म विश्वभरि ८६० जना व्यक्तिमा यो भाइरसको संक्रमण भएको पाइएको छ।
मानिसमा यो भाइरसको संक्रमण हुँदा ८६० मध्ये ४५४ जना करिब आधाजति बिरामीको मृत्यु भएको तथ्यांकले देखाउँछ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनका अनुसार बर्ड फ्लु भनेको एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो। यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नया किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ।