कुरिनटारमा रहेको ट्रमा सेन्टर सञ्चालनका लागि इच्छाकामना गाउँपालिकाले आर्थिक सहयोग गर्ने
मुग्लिन, १४ भदौ ।चितवनको इच्छाकामना–४ कुरिनटारमा रहेको ट्रमा सेन्टर सञ्चालनका लागि इच्छाकामना गाउँपालिकले आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले आव २०७६÷७७ देखि मासिक रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।
डेढ वर्षअघि अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो । आर्थिक र उपकरण अभावका कारण उक्त ट्रमा सेन्टर पूर्णरुपमा सञ...