३,साउन, गोरखा ।  “प्राविधिक शिक्षा अध्ययन गरौ, आत्म निर्भर बनौ” भन्ने मुख्य लक्ष्यका साथ CTEVT वाट मान्यता प्राप्त यस कलेजमा प्राविधिक शिक्षा अध्ययनको लागि विद्यार्थीहरुको आर्कषण वढ्दो देखिएको छ । शैद्धान्तीक शिक्षाले उच्च बेरोजगार जनशक्ती उत्पादन भईरहेको अवस्थामा अहिले नेपाल सरकारको मुख्य लक्ष्य नै प्रविधिक जनशक्ति उत्पादन गर्ने साथै जनमानसमा पनि प्रविधिक शिक्षाको महत्व र आवश्यकता महशुस भएकोले हाल एस.ई.ई. दिने विद्यार्थीको आर्कषणमा प्रविधिक शिक्षा रहेको छ ।

  

गोरखा जिल्लाको मुटु लक्ष्मिबजारमा अवस्थीत यस कलेजमा एउटै छाता भित्र कृषि जे.टि.ए, भेटेरिनरी जे.टि.ए., अमिन, ईलेक्ट्रिकल लगाएत छोटो समयको तालिम हुने र एस.ई.ई. ग्रेडिङ सिस्टममा ई ग्रेड प्राप्त विद्यार्थी तथा आर्थीक स्थिति कमजोर भएको विद्यार्थीले पनि सहुलियत शुल्कमा अध्ययन गर्न पाईने भएकोले विद्यार्थीहरुको आर्कषण वढ्दो क्रममा रहेको छ । साथै जम्मा विद्यार्थीको १० % विद्यार्थीलाई वर्गिकृत छात्रवृत्ति उपलब्ध गराउने र अन्य विभिन्न निकायहरुवाट पनि छात्रवृत्ति उपलब्ध गराउने कलेज प्रशासनले जनाएको छ ।


प्राविधिक शिक्षा भाषागत विषयको रुपमा विकास भईरहेको अवस्थामा, यो गलत अवस्थालाई परिर्वतन गरि उचित प्रयोगात्मक अभ्यास तथा ज्ञान, सीप, क्षमताको विकास गरि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको र  त्यसका लागि उचित प्रयोगशाला, विषयगत प्रयोगात्मक अभ्यासको व्यवस्था गर्नुको साथै दक्ष जनशक्ति वाट अध्यापन गराईने यस कलेजका निर्देशक बिजय पुडासैनीले जानकारी दिनुभयो ।

शैक्षिक सत्र २०७६/७७ को लागि प्रविधिक शिक्षा अध्ययन गर्नको लागि SLC पास तथा SEE परिक्षामा न्यूनतम E ग्रेड प्राप्त विद्यार्थीहरुले सम्वन्धित प्रविधिक शिक्षालयमा सम्पर्क गरी यहि श्रवण १४ गते सम्म आवेदन फर्म भर्नुको साथै प्रवेश परिक्षा श्रवण २५ गते शनिवार हुने  कलेजका प्रशाशकिय अधिकृत प्रमिला सुलायले जानकारी दिनु भयो ।