शिक्षा/स्वास्थ्य

प्रगति पाठशाला कुरिनटारले मनायो चौधौ बार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

प्रगति  पाठशाला कुरिनटारले मनायो चौधौ बार्षिकोत्सव तथा अभिभावक  दिवस  (फोटो फिचर)
चितवनको इच्छाकनामना ४ कुरिनटारमा अवस्थित प्रगति पाठशाला कुरिनटारले आफ्नो चौधौ बार्षिकोत्सव तथा अभिावक दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । हेरौँ फोटो फिचर    

ढुक्क हुनुहोस् बोर्डिङ पढेकाले पनि उच्च शिक्षा पढ्न छात्रावृद्धि पाउँछ : प्याव्सन अध्यक्ष चापागाईँ

ढुक्क हुनुहोस् बोर्डिङ पढेकाले पनि उच्च शिक्षा पढ्न छात्रावृद्धि पाउँछ : प्याव्सन अध्यक्ष चापागाईँ
कुरिनटार :  संस्थागत विद्यालयहरुको छाता संगठन प्याव्सनका चितवन जिल्ला अध्यक्ष टिकाराम चापागाइँले संस्थागत विद्यालय अध्ययन गरेका विद्यार्थीहरुले माथिल्लो तहमा अध्ययन गर्नका लागि छात्रावृद्धि पाउँदैन भन्ने हल्लाको पछि नलाग्न अभिभावकहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित प्रगती पाठशाला कुरिनटारको १४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै अध्यक्ष चापाइँले यस विषयमा प्रधानमन्त्री  र शिक्षामन्त्रीले कुन विद्यालयमा पढेको हो पनि शिक्षामा क...

कोरोना भाइरसको संक्रमण त्रासः रसुवागढी नाका १५ दिनसम्म बन्द

कोरोना भाइरसको संक्रमण त्रासः रसुवागढी नाका १५ दिनसम्म बन्द
काठमाडौं :  उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ । गाडी र मानिस जान रोक लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन कार्यालय र चिनियाँ प्रहरीबीच मंगलबार बिहान रसुवागढीमा बसेको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । दुवै देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढेकाल...

हजारौँ नर्स विदेश पलायन हुन बाध्य

हजारौँ नर्स विदेश पलायन हुन बाध्य
काठमाडौं :  नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उनी हाल अस्ट्रेलिया पुगेकी छन् । लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै मिहिनेत गरेपछि काठमाडौँका एक नर्सिङ कलेजमा जागिर पाइन् । पाँच वर्षसम्म काम गर्दा...

विश्वविद्यालयमा पनि भाग चाहियो भन्दै प्रतिपक्षी दल काँग्रेस बालुवाटारमा

विश्वविद्यालयमा पनि भाग चाहियो भन्दै प्रतिपक्षी दल काँग्रेस बालुवाटारमा
काठमाडौं :  सभामुख निर्वाचनमा प्रकट गरिएको सदाशयताबापत नेपाली काँग्रेस अहिले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरुको भागबण्डामा सक्रिय भएको छ । भनिँदैछ, ‘निश्चित सङ्ख्या तोकेरै भाग लगाइयोस् ।’ सभामुख निर्वाचनको पूर्वसन्ध्यामा अर्थात् शनिबार बालुवाटारको छलफलका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले त्रिविबाहेक ६ विश्वविद्यालयका उपकुलपति नियुक्ति ‘मिलेर गर्नुपर्छ’ भन्ने अडान राखे पनि नाम किटेका छैनन् । कहाँ के गर्न सकिन्छ गृहकार्य गरेर फेरि बस्ने सहमतिमा शनिबारको बसा...

आर्थिक अभावका कारण मृगौलारोग पीडित गुरुङको उपचारमा समस्या, मगर संघद्वारा आर्थिक सहयोग

आर्थिक अभावका कारण मृगौलारोग पीडित गुरुङको उपचारमा समस्या, मगर संघद्वारा आर्थिक सहयोग
कुरिनटारः आर्थिक अभावका कारण चितवनको इच्छाकामना ७ सुन्दरवस्तीका ३४ बर्षिय वीर बहादुर गुरुङको उपचारमा समस्या भएको छ । आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएपछि नेपाल मगर संघ वडा समिती इच्छाकामना ७ ले उनलाई आर्थिक सहयोग गरेका छन् । संघले गुरुङलाइ आज एक कार्यक्रमको आयोजना गरि नगद रु.१० हजार ५ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । माघ १ गते माघे सक्रान्तिको दिन संघले आयोजना गरेको कार्यक्रममा संकलन गरिएको रकम पिडितलाइ हस्तान्तरण गरिएको नेपाल मगर संघ प्रदेश समिती सदस्य कुमार मग...

अब स्कुल बस ९ बजेभित्र अनिवार्य स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने

अब स्कुल बस ९ बजेभित्र अनिवार्य स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने
काठमाडौँ :  सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझाव अनुसार केही समयपछि मात्र यस्तो नियम लगाउनेमा सरकार पुगेको छ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै ३७ बुँदे कार्ययोजना पारित गरेको थियो । गत १५ पुसमा बसेको मन्त्रीपरिषद बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकाल...

के हो कोरोना भाइरस ? नेपाल पनि उच्च जोखिममा

के हो कोरोना भाइरस  ? नेपाल पनि उच्च जोखिममा
  काठमाण्डौ चीनमा देखिएको नोवेल कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । नयाँ भाइरसको रुपमा देखिएको नोवेल कोरोना भाइरस चीन सहित थाइल्याण्ड, जापान, दक्षिण कोरिया र अमेरिकामा पनि फैलिएको छ । नेपाल भ्रमण वर्ष र चिनियाँ पर्यटकको बढ्दो आगमनले नेपाल कोरोना भाइरसको जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । डब्लूएचओका अनुसार विश्वमै पहिलोपटक चीनको उहानकै समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो । नेपालमा पनि कोरोना भाइरसको जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछ...

प्राध्यापकको वर्गीकरण आपत्तिजनक : महासचिव शिवाकोटी

प्राध्यापकको वर्गीकरण आपत्तिजनक : महासचिव  शिवाकोटी
काठमाडौँ :  सरकारले विश्वविद्यालयका प्राध्यापकको वर्गीकरण गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदामा सो विषय उल्लेख छ । मस्यौदामा प्राध्यापकको मात्र वर्गीकरण वर्गीकरण गरिएको छ, सहायक, उप र सहप्राध्यापकका सम्बन्धमा कुरा गरिएको छैन । नेपाल प्राध्यापक संघका महासचिव सहप्राध्यापक नरेन्द्रप्रसाद शिवाकोटीले अध्ययन नै नगरी प्रध्यापकको वर्गीकरण गर्ने विषय समावेश गर्नु गलत भएको बताए । ‘क्याम्पसमा पढाउने सबैलाई प्राध्यापक...

सरकारी अस्पतालमा शैया नपाउँदा बाध्यताले निजीमा बिरामी

सरकारी अस्पतालमा शैया नपाउँदा बाध्यताले निजीमा बिरामी
काठमाडौँ  :  सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ । कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । मुख्यतः र्आइसीयूमा शैयाको अभाव खड्किने गरेको छ । अस्पतालहरुले समेत बिरामीमैत्री वातावरण सिर्जना नगर्दा बिरामीहरु अलमलमा पर्दै निजी अस्पतालमा धाउन बाध्य हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर दुई सय २१ अस्पताल र १६ केन्द्रीय अस्पताल छन् । ...