कुरिनटारः आर्थिक अभावका कारण चितवनको इच्छाकामना ७ सुन्दरवस्तीका ३४ बर्षिय वीर बहादुर गुरुङको उपचारमा समस्या भएको छ । आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएपछि नेपाल मगर संघ वडा समिती इच्छाकामना ७ ले उनलाई आर्थिक सहयोग गरेका छन् ।
संघले गुरुङलाइ आज एक कार्यक्रमको आयोजना गरि नगद रु.१० हजार ५ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
माघ १ गते माघे सक्रान्तिको दिन संघले आयोजना गरेको कार्यक्रममा संकलन गरिएको रकम पिडितलाइ हस्तान्तरण गरिएको नेपाल मगर संघ प्रदेश समिती सदस्य कुमार मगरले जानकारी दिनुभयो ।मृगौला पीडित गुरुङलाई आर्थिक सहयोग गर्न चाहनेहरुले ९८६५२०६५६१ म सम्पर्क गर्न सक्नुहुने छ ।