कुरिनटार :  संस्थागत विद्यालयहरुको छाता संगठन प्याव्सनका चितवन जिल्ला अध्यक्ष टिकाराम चापागाइँले संस्थागत विद्यालय अध्ययन गरेका विद्यार्थीहरुले माथिल्लो तहमा अध्ययन गर्नका लागि छात्रावृद्धि पाउँदैन भन्ने हल्लाको पछि नलाग्न अभिभावकहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित प्रगती पाठशाला कुरिनटारको १४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै अध्यक्ष चापाइँले यस विषयमा प्रधानमन्त्री  र शिक्षामन्त्रीले कुन विद्यालयमा पढेको हो पनि शिक्षामा कुनै भेदभाव नगरिने बताएको भन्दै ढुक्क भई हल्लाको पछाडी नलाग्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “अहिले धेरै हल्ला चलिरहेको छ संस्थागत विद्यालयमा पढेकाहरुले माथि छात्रावृद्धि पाउँदैन, पढ्न पाउँदैन, भनि धेरै हल्ला चलिरहेको छ तपाइहरु ढुक्क रहनुहोस् । हामीले प्रधानमन्त्री शिक्षामन्त्रीलाई भेटेका छौँ, उहाँहरुले भन्नुभएकोछ, कुनमुलको पानी खायो भन्ने आधारमा भेदभाव गरिने छैन । यसको मतलब विद्यार्थीले कुन विद्यालयमा पढ्यो भन्ने आधारमा उसलाई उच्च शिक्षा पढ्ने अधिकारबाट बञ्चित गरिने छैन भन्ने प्रष्ट पार्नुभएको छ । त्यसैले अब संस्थागत विद्यालयमा छात्रावृद्धिमा पढेका विद्यार्थीहरुले उच्च शिक्षामा पनि आरक्षित कोटामा पनि छात्रावृद्धिमा र ४५ प्रतिशत जुन हामी भन्छौँ त्यसमा प्रतिष्पर्धा गर्न गर्न पाउछौँ , अरुमा त सधै पाएकै थिए, त्यसकारण अव बोर्डिङ स्कुल पढेकै कारणले आरक्षण छात्रवृद्धिमा प्रतिष्पर्धा गर्न नपाईने भो भन्ने भ्रमबाट मुक्त हुन अनुरोध गर्दछु । ”
उहाँले नितिगत रुपमा नयाँ शिक्षा नितिले परिवर्तन गरेर ल्याएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै इच्छाकामना गाउँपालिका शिक्षा अधिकृत दुर्गादेवी खड्काले मार्कसिटमा ए प्लस ल्याएको आधारमा गुणस्तरीय शिक्षा नहुने बताउनुभयो । उहाँले अहिलेको शिक्षा व्यवहारिक नभई सैद्धान्तिक मात्र भएको बताउनुभयो । उहाँले प्रगती पाठशालाले नाम जस्तै काम गरेको भन्दै प्रशंसा गर्नुभयो । साथै उहाँले विद्यालयमा आफ्नो बालबालिकाका लागि लगानी गरिसकेपछि अपेक्षा अनुसारको नतिजा आयो आएन भनेर अभिभावक चनाखो बन्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रगतीपाठशालाका संचालक समितिका अध्यक्ष कपिलप्रसाद सिलवाल र संचालक तथा संस्थापक अध्यक्ष धु्रव त्रिपाठीले यस क्षेत्रमा गुणस्तरीय शिक्षाको आवस्यकता महशुस गरेर प्रगतीपाठशाला स्थापना गरिएको बताउनुभयो ।
आर्थिक लोभ भन्दा पनि शैक्षिक लाभका लागि प्रगतीपाठशाला संचालन गरिएको र लक्ष्य प्राप्त भइनसकेपनि अहिले सम्मको नतिजा चित्त बुझ्दो रहेको बताउनुभयो ।


कार्यक्रममा विद्यालयको प्रगती प्रतिवेदन प्रश्तुत गर्दै प्रिन्सिपल टंक प्रसाद त्रिपाठीले यस विद्यालयलमा नर्सरी देखि कक्षा १२ सम्म विद्यार्थीहरुको क्षमता ज्ञान, अभिवृद्धि गर्नका लागि आफ्नो शैक्षिक कार्य पात्रोमा नै विविध कार्यक्रमहरु राखेको तथा त्यसलाई पालना गर्दै आएको बताउनुभयो । यस विद्यालयमा हाल ७०० विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुभयो । इन्टरनेट सहितको कम्यूटर ल्याब विज्ञान प्रयोगशाला तथा श्रव्य–दृष्य कक्षाका साथै पुस्तकालयको व्यवस्था गरिएको र हालै विद्यार्थी तथा शिक्षककको पठनपाठन लगायत सम्पूर्ण क्रियाकलापको निगरानिका लागि प्रत्येक कक्षा तथा स्कूल भवनको कम्पाउण्डमा समेत सिसि क्यामराको व्यवस्था गरिएको बताउनुभयो । विद्यालयलाई बालमैत्री विद्यालय बनाउन दण्डलाई निरुत्साहन गरिएको बताउनुभयो ।


गत बर्ष २०७५ सालमा माध्यमिक शिक्षा परीक्षामा संलग्न विद्यार्थीहरु ३२ जना रहेको मा ५ जनाले ए प्लस ग्रेड, ६ जनाले ए प्लस,१२ जनाले बी प्लस र ९ जनाले बी ग्रेड ल्याउन सफल भई इच्छाकामना गाउँपालिकाकै सबै भन्दा उत्कृष्ट विद्यालय बनेको बताउनुभयो । आगामी शैक्षिक क्षेत्रमा अझ यसलाई सुधार गरि नतिजा ल्याउने योजना रहेको बताउँदै विद्यालयलाई नमूना बनाउन स्थानीय सरकार, अभिभावक तथा सम्पूर्ण सरोकारवालासंग समन्वय गरि आजको युगसापेक्ष अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बार्षिकोत्सवको अवसरमा साहित्यकार इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले कविता वाचन गर्नुभएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यकम्रहरु प्रश्तुत गरेका थिए ।
शिक्षक त्रिविक्रम ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सहायक प्रिन्सिपल इश्वरविलास अधिकारीले संचालन गर्नुभएको थियो ।