रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५४ पुग्यो
रौतहट : नेपालमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या ५४ जना पुगेको छ । आज रौतहटमा थप दुई जनामा संक्रमण पुष्टीभएपछि ५४ जना पुगेको हो ।
वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।
दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका ...









