
काठमाडौं,२६ चैत । विश्वभर फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म ८२ हजार २६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १४ लाख ३० हजार पुगेको छ । झण्डै तीन लाख बढी उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार ९ सय ७० जनाको मृत्यु भएको छ । फ्रान्समा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । अमेरिकामा १ हजार ३ सय ५९ जनाले पछिल्लो २४ घन्टामा ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा ७ सय ८६, इटलीमा ६ सय ४, स्पेनमा ५ सय ५६, बेल्जियममा ४ सय ३ र नेदरल्याण्ड्समा २ सय ३४ जनाको मृत्यु भएको छ ।